समायोजन खबर, जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबने नेपालको विकासमा दूरगामी असर पर्ने टिप्पणी गर्नुभएको छ। निगजढ विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले देशको विकासमा दूरगामी असर पार्ने उहाँले टिप्पणी गर्नुभएको हो। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले यो विमानस्थलको विकल्प नरहेको तर्कसमेत गर्नुभयो।
आज शुक्रवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले वीरगञ्जजस्तो देशको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक नाकालाई काठमाण्डौसँग जोड्ने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ हुने भएकाले त्यसलाई रोक्दा नेपालको विकासमा दूरगामी असर पार्ने बताउनुभयो।
भट्टराईले भन्नुभयो, ‘जेहोस् हामीलाई यो चाहिन्छ। काठमाण्डौले त आन्तरिक पनि धान्न नसक्ने अवस्था आइसक्यो। विदेशीहरू आउने भनेको राजधानीमै हो। विमानस्थल हुँदा यातायात, सञ्चार र ढुवानीको निम्ति मद्दत पुग्छ। त्यसो हुनाले त्योभन्दा बाहेक अन्यत्र उपयुक्त ठाउँ छैन।’
भट्टराईले नेपालको न्यायालय र प्रशासन संयन्त्र विकासमैत्री नभएको पनि दोहोर्याउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology