समायोजन खबर, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताउनु भएको छ। २९ फागुनबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा सहभागी हुन सबैलाई अपिल गर्न जान लागेको उहाँले बताउनुभयो।
पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘कांग्रेस भोट माग्न मात्र जाँदैन, सबैलाई निर्वाचनमा सहभागी हुन अपिल गर्न जान्छ। पार्टीपंक्तिलाई निर्वाचन आचारसंहिता पालना गर्न उत्प्रेरित गर्न जान्छ। जनताको कुराको सुन्न जान्छ।’
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष केपी ओलीले मतपत्रमा चुनाव चिह्नको रङ हरियो राख्न थालेकोमा कांग्रेसप्रति कटाक्ष गर्नुभएको थियो। यस विषयमा पत्रकारले राखेको जिज्ञासामा महामन्त्री शर्माले भन्नुभयो, ‘अहिले एउटा उखान चलेको छ। विभाजित कम्युनिष्ट पार्टी हेरियो देख्दा तर्सिन्छ रे।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology