• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आउँदो चुनावमा गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने गरी पछार्छौ

आउँदो चुनावमा गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने गरी पछार्छौ


समायोजन खबर
  • शुक्रबार, फाल्गुन १३ २०७८

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।

    समायोजन खबर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावमा सत्तारुढ गठबन्धनलाई सात दिन उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ‘गठबन्धनमा सहमति, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनीहरूलाई एकमुष्ट रूपमा उठ्नै नसक्ने गरी पछार्ने बताउनुभएको हो।

    शुक्रवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले सत्तारुढ गठबन्धन आउँदाे चुनावमा धुलोपिठो हुने भयले पनि नटुट्ने तर्क गर्नुभयो। एमालेले गठबन्धन दलहरूसँग ‘वान बाई वान’ लड्नुभन्दा एकमुष्ट लड्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पाँच वटै दललाई एकमुष्ट रूपमा चुनावमा लड्न चुनौती दिनुभयो। उहाँले आफ्नो दल जनताको पवित्र मतबाट विजयी हुने दाबीसमेत गर्नुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन टुट्यो भने बिचराहरू धुलोपिठो हुन्छन्। पाँच वटै एकैचोटि आऊ। वैशाख ३० गतेको चुनाव सार्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइयो। गठबन्धन टुटाएर एक्लै चुनाव लड्ने कसैको हिम्मत छ ? ठिक छ, वैशाख ३० गतेसम्म एक झट्का, एक पटक हामी त्यहाँ सात दिन नउठ्ने गरी पछार्छाैँ । यिनीहरूको जस्तो सडकमा ढुङ्गा हानेर होइन, जनताको पवित्र मतबाट।’

    अध्यक्ष ओलीले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताउनुभयो। एक सय ६५ भोट सरकारसँग छ, एमसीसी पास गर्न कसले रोकेको छ ? उहाँको सत्तारुढ दलप्रति प्रश्न थियो। ओलीले एमसीसीप्रति सङ्केत गर्दै आफ्नो पार्टीले देश र जनताको हितभन्दा बाहिर गएर कुनै पनि निर्णय नलिने स्पष्ट पार्नुभयो। उहाँले पुतलीको कथा उद्धृत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दोहोरो चरित्र देखाइरहेको आरोप लगाउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन्। अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन्। यो मान्छे हो कि पुतली हो ? कुन सही हो, कुन गलत हो?’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology