समायोजन खबर, प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ दुई नेताबीच भेटवार्ता भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए।
एमसीसीलाई लिएर जसपामा विवाद देखिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले एमसीसीको समर्थन गरेको छैन भने बाबुराम भट्टराई एमसीसीको पक्षमा रहेका छन्।
उनी गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्नुपर्ने पक्षमा छन्। प्रतिनिधि सभाको बैठक स्थगित भएसँगै प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन्। उनले आजै दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology