• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विश्वका १ सय ७१ देशमा फैलियो ओमिक्रोन

विश्वका १ सय ७१ देशमा फैलियो ओमिक्रोन


समायोजन खबर
  • सोमबार, माघ १० २०७८

  • समायोजन खबर, विश्वका १ सय ७१ देशमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएको पाइएको छ। विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले यो भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा रहेको जनाएको हो।

    यस्तै, यसअघि कोरोना भाइरसको सङ्क्रमण भएकाहरुलाई पनि ओमिक्रोन भेरियन्टकोे सङ्क्रमण भएको पाइएको छ। डब्ल्यूएचओको नयाँ रिपोर्टअनुसार यसअघि सङ्क्रमित भइसकेकाहरुलाई ओमिक्रोनको पनि सङ्क्रमण भएको पाइएको हो।

    ओमिक्रोनबाट गम्भीर बिरामी हुने खतरा कम भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई भने यसको नराम्रो असर पर्ने र ज्यान समेत जान सक्ने खतरा रहेको डब्ल्यूएचओले जनाएको छ।

    यसैबीच, सङ्क्रमण फैलिँदै गएपछि चीनको फेङ्गताइ जिल्लामा सिल गरिएको छ। यो जिल्लालाई अत्यधिक जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ। २० लाख जनसङ्ख्या रहेको यो जिल्लाका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई जिल्ला बाहिर निस्कन रोक लगाइएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology