समायोजन खबर खोटाङ,जिल्ला अस्पताल खोटाङमा पाठेघर खसेका महिलाको पाठेघरको सफल सल्यक्रिया गरिएको छ।
प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सुचारु भएको केही समय पश्चात दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी ७० वर्षीया महिलाको पाठेघरको सफल सल्यक्रियासहित उपचार गरिएको हो।
प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवंम् जिल्ला अस्पतालका निमित्त प्रमुख डा.अमिताभ ठाकुरको नेतृत्वमा मंगलबार सफल शल्यक्रिया गरिएको हो। पाठेघरको सल्यक्रिया गर्न कुनै शुल्क नलाग्ने अस्पतालले जनाएको छ।
जिल्ला अस्पतालमा पाठेघरको शल्यक्रियासँगै पाठेघरको मुखको क्यान्सर परीक्षण, बाँझोपनको उपचार र शल्यक्रियामार्फत पहिलो चोटी सन्तान जन्माएका आमाहरुले दोश्रो चोटी शल्यक्रिया गरे बच्चा जन्माउने सहितको सेवा सुरुवात भईसकेको छ।
जिल्ला अस्पतलामै पाठेघर खसेका महिलाको सफल शल्यक्रिया भएपछि अब स्थानीय तहले पाठेघर खसेका महिलालाई बनेपा लगेर शल्यक्रिया गराएर ल्याउनुपर्ने बाध्यता अन्त्य भएको छ। पाठेघर खसेका महिलाहरुको सुरक्षित र सफल तरिकाले शल्यक्रिया हुन थालेपछि यसबाट पीडित महिलाहरु उपचारमा आउने क्रम सुरु भएको जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेण्ट प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.ठाकुरले बताउनुभयो। डा.ठाकुरका अनुसार अब पाठेघर खसेका महिलाहरुको नियमित रुपमा शल्यक्रियासहित उपचार हुनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology