• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रेडक्रसको रनिङ शिल्ड सुर्केडाँडालाई

रेडक्रसको रनिङ शिल्ड सुर्केडाँडालाई


समायोजन खबर
  • शनिबार, फाल्गुन ३० २०८२

  • समायोजन खबर खोटाङ, शैक्षिक सत्र २०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुतीमा सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङ प्रथम भएको छ।

    रेडक्रसको जुनियर युवा जिल्ला समितिले श्रीमावि लफ्याङमा फागुन २९ र ३० गते आयोजना गरेको दुई दिवसीय २० औं जिल्ला स्तरीय गोष्ठीमा १८ विद्यालयलाई पछि पार्दै सुर्केडाँडा प्रथम भएको हो।
    प्रथम भएको सुर्केडाँडाले नगद पाँच हजारसहित रनिङ शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ। १९ औं जिल्ला स्तरीय गोष्ठीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुतीमा सुर्केडाँडा दोश्रो भएको थियो।

    १९ औं जिल्ला स्तरीय गोष्ठीकै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुतीमा प्रथम भएको ज्योति मावि राजापानी यसपटक दोश्रोमा झरेको छ। दोश्रो भएको ज्योति माविले तीन हजार र तेश्रो भएको सप्तकन्या मावि चिप्रिङले दुई हजारसहित कप र प्रमाणपत्र प्राप्त गरेको छ।

    वार्षिक प्रगति प्रतिवेदन प्रस्तुतीको निर्णायकमा श्रीमाविका पूर्वप्रअ जसराज किराती, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपमन्त्री कृष्णप्रसाद अधिकारी र शिक्षक अन्जना आचार्य रहनुभएको थियो।
    गोष्ठीले जुरेस/युरेसले गरेका कार्यक्रम नियमित नदेखिएमा उक्त शीर्षकको अंक प्राप्त नहुने लगायतका १८ बुंदे श्रीमावि घोषणा पत्र जारी गरेको रेडक्रस जुनियर युवा जिल्ला समिति संयोजक लिलाबहादुर खत्रीले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology