• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीन संक्रमितको मृत्यु, काठमाडौमा मात्रै ३,३४७ जनामा संक्रमण

तीन संक्रमितको मृत्यु, काठमाडौमा मात्रै ३,३४७ जनामा संक्रमण


समायोजन खबर
  • आइतबार, माघ २ २०७८

  • समायोजन खबर, पछिल्लो २४ घण्टामा देशभर थप ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरबाट १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

    सोही अवधिमा थप तीन संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन्।

    यस्तै,उपत्यकाका तीन जिल्लामा आज तीन हजार ३४७ नयाँ सङ्क्रमित थपिएका छन्। काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। नयाँ सङ्क्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

    सरकारले आजदेखि अग्रपङ्तिमा रहेका नागरिकलाई बुष्टर डोज खोप सुरु गरिसकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology