• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

टोकियोको सिनओकुबोमा निशुल्क स्वास्थ्य परामर्श तथा जागरुकता कार्यक्रम हुने

टोकियोको सिनओकुबोमा निशुल्क स्वास्थ्य परामर्श तथा जागरुकता कार्यक्रम हुने


समायोजन खबर
  • बुधबार, भाद्र १४ २०७४

  • टोकियो,१४ भदौ । आगमी शनिबार,सेप्टेम्बर २ तारिख टोकियोको सिनओकुबोमा निशुल्क स्वास्थ्य परामर्श तथा जागरुकता कार्यक्रम हुनेभएको छ ।

    भेट्नुहोस् ,सोध्नुहोस् र सिक्नुहोस् भन्ने मुलभावका साथ जापानमा रहेका नेपालीहरुलाई स्वस्थ जीवनयापन र स्वास्थ्य समस्याहरुको समाधानमा सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम ओकुबो कादो बिल्डिङमा, दिउँसो ३ बजेबाट सुरु हुने जनाईएको छ । परामर्श विशेष कार्यक्रममा, बिगत लामो समयदेखि जापानका उच्चस्तरका अस्पतालहरुमा विशेषज्ञ डाक्टरको रुपमा सेवा गरिहनुभएका नेपाली चिकित्सकहरुसँग आफ्नो स्वास्थ्यको बारेमा परामर्श लिन सकिनेछ ।

    इन्नोसेवा हेल्पलाइनद्वारा आयोजित कार्यक्रममा,स्वास्थ तथा रोग,स्वास्थ्य/जीवन बीमा,स्वास्थ्य सेवा प्रविधि लगायका विषयमा जानकारी गराईनेछ । नेपाली राजदुतावासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्य रहने सो कार्यक्रममा, डा. लुसन चालिसे,डा.सन्दिप शाक्य, डा.विजय ज्ञवाली तथा डा.दिपेन्द्र गौतमद्वारा स्वास्थ्य परामर्श दिईने छ । यसका साथै एक दशक भन्दा बढी आईटी र बीमा सम्बन्धि व्यावसायिक अनुभवी तथा विषयसूची विशेषज्ञ अनुज बज्राचार्य र नृपेन्द्र श्रेष्ठमार्फत थप जानकारी लिन सकिनेछ ।

    रोग लागिसकेपछि उपचार गराउनुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो,त्यसैले विभिन्न स्वास्थ्य समस्या र त्यी समस्याहरुको प्रभावकारी समाधानका बारेमा जानकारी लिई स्वस्थ जीवनयापनको लाभ लिनका लागि आयोजकले, सम्पुर्ण जापानवासी नेपालीहरुलाई अनुरोध गरेको छ ।
    कार्यक्रम स्थल तथा समयबारे बिस्तृत जानकारी
    स्थान : ओकुबो कादो बिल्डिङ,भुईँ तला १-१८-८ ह्याकुनिनच्यो,शिन्ज्युकु कु टोकियो
    (शिन-ओकुबो यामानोते लाईनबाट पैदल ४ मिनेट)
    समय : दिउँसो ३ बजे 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology