समायोजन खबर खोटाङ, नेपाली बजारमा सुनको भाउ ९१ हजार रुपैयाँ पुगेको छ । सोमबारका लागि निर्धारण गरिएको सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार र तेजावीका लागि ९० हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ । आइतबार छापावाल सुन ९० हजार ६ सय र तेजावी सुन ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ९५० पुगेको छ ।२०७७ असार ८ गते अपरान्ह ३:०८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology