• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोभिड १९ का कारण ७४ हजार ६ सयको मृत्यु

कोभिड १९ का कारण ७४ हजार ६ सयको मृत्यु


समायोजन खबर
  • मंगलबार, चैत्र २५ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाडौं, कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको सख्या ७४ हजार ६ सय ७८ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार १३ लाख ४६ हजार दुई सय ९९ जना यो भाइरसबाट संक्रमित भएका छन् भने दुई लाख ५३ हजार सात सय जना निको भएका छन् ।

    आइतबार मृतकको संख्या घटेर केही आशा जागेको इटलीमा सोमबार फेरि मृत्यु हुनेको संख्या एक सय जनाले बढेको छ । सोमबार इटलीमा छ सय ३६ जनाको मृत्यु भएको छ, जबकी आइतबार पाँच सय २५ जनाको मृत्यु भएको थियो । इटलीमा मृत्यु हुनेको कुल संख्या १६ हजार पाँच सय २३ पुगेको छ ।

    यहाँ संक्रमितको संख्या एक लाख ३२ हजार पाँच सय ४७ पुगेको छ, सोमबार एकै दिन तीन हजार पाँच सय ९९ जनामा संक्रमण देखिएको छ । स्पेनमा मृतकको संख्या १३ हजार तीन सय ४१ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३६ हजार छ सय ७५ पुगेको छ ।

    संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ । यहाँको न्युयोर्क शहरमा मात्र चार हजार सात सय ५८ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या तीन लाख ६७ हजार पाँच सय सात पुगेको छ । न्युयोर्कमा मात्र संक्रमितको संख्या १ लाख ३१ हजार आठ सय १५ पुगेको छ । न्युयोर्कपछि बढी प्रभावित हुने राज्यमा न्युजर्सी रहेको छ ।२०७६ चैत २५ गते बिहान ८ :५४ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology