समायोजन खबर काठमाण्डाै, कोरोना भाइरस (कोभिड-१९) का कारण १३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाका कारण १३ लाख ४४ हजार आठ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितमध्ये दुई लाख ७८ हजार तीन सय ३० जना उपचारपछि निको भएका छन् । ९ लाख ९१ हजार आठ सय ९४ जनाको उपचार भइरहेकाे छ । ७४ हजार ६ सय ३५ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै एक हजारभन्दा धेरैको ज्यान गएको छ । याेसँगै अमेरिकामा भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजारभन्दा धेरै भएको छ । साढे तीन लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै,विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट इटलीमा साढे १६ हजारभन्दा धेरै, स्पेनमा १३ हजारभन्दा धेरै, फ्रान्समा झण्डै ९ हजार जनाको ज्यान गइसकेको छ । गएको २४ घण्टामा विश्वका विभिन्न देशमा पाँच हजार दुई सय ९ जनाको ज्यान गएको छ भने ७१ हजार ९ सय ५८ जना नयाँ सङ्क्रमित थपिएका छन् । २०७६ चैत २५ गते बिहान ८ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology