• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना भाइरसबाट ६९ हजारको मृत्यु, साढे १२ लाख संक्रमित

कोरोना भाइरसबाट ६९ हजारको मृत्यु, साढे १२ लाख संक्रमित


समायोजन खबर
  • सोमबार, चैत्र २४ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाडौं, कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् । १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् ।

    इटलीमा दुई हप्तापछि कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । आइतबार इटलीमा ५ सय २५ जनाको मृत्यु भएको छ । १९ मार्चयता इटलीमा २४ घण्टाको अन्तरालमा मृत्यु हुने यो सबैभन्दा कम संख्या हो । इटलीमा कोभिड १९ संक्रमणका कारण अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ ।

    स्पेनमा गएको २४ घण्टामा ६ सय ७४ जनाको मृत्यु भएको छ । यो स्पेनमा एक हप्तायता २४ घण्टा अवधिमा मृत्यु हुने सबैभन्दा कम संख्या हो । स्पेनमा यो महामारीका कारण अहिलेसम्म १२ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ  र अहिलेसम्म १ लाख ३१ हजार भन्दा बढीमा यो रोगको संक्रमण देखिएको छ ।

    अमेरिकामा कोभिड १९ को संक्रमण लगातार बढ्ने क्रममा छ । अमेरिकामा संसारमै सबैभन्दा बढी ३ लाख ३५ हजार मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । यहाँ मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको छ । अमेरिकाको न्युयोर्क सिटी कोभिड १९ का कारण सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्कमा मात्र २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ ।

    अमेरिकापछि सबैभन्दा बढी प्रभावित देश फ्रान्स बनेको छ । जहाँ ८ हजार मानिसको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा यहाँ मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ, शनिबार भने यहाँ ४ सय ४१ जनाको मृत्यु भएको थियो । फ्रान्समा अहिलेसम्म ९० हजार भन्दा धेरैमा कोभिड १९ संक्रमण देखिएको छ ।

    बेलायतमा बितेको २४ घण्टामा ६ सय २१ जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुनेको संख्या ४ हजार ९ सय ३४ पुगेको छ । संक्रमितको संख्या ४८ हजार भन्दा बढी पुगेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन पनि अस्पताल भर्ना भए भएका छन् । भारतमा अहिलेसम्म ३ हजार ५ सय ७७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ भने ८३ जनाको मृत्यु भएको छ । आइतबार मात्र ५ सय ५ जना नयाँ संक्रमित भेटिएका छन् । भारतको २ सय ७४ जिल्लामा कोभिड १९ को संक्रमण भेटिएको छ । २०७६ चैत २४ गते बिहान ७ : ५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology