• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना भाइरसबाट १२ लाखबढी सङ्क्रमित

कोरोना भाइरसबाट १२ लाखबढी सङ्क्रमित


समायोजन खबर
  • आइतबार, चैत्र २३ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ, विश्वभर कोरोना भाइरस (कोभिड  १९) बाट १२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । अहिलेसम्म दुई सय ६ देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना सङ्क्रमणका कारण १२ लाख एक हजार ९ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये दुई लाख ४६ हजार एक सय ७४ जना उपचारपछि निको भएका छन् ।

    आठ लाख ९० हजार पाँच सय ९४ जनाको उपचार भइरहेको छ । भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६४ हजार सात सय २७ पुगेको छ । अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १५ हजारभन्दा धेरै र स्पेनमा झण्डै १२ हजारको ज्यान गइसकेको छ ।

    यस्तै अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीन लाख नाघेको छ भने स्पेनमा एक लाख २६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा विभिन्न देशमा पाँच हजार पाँच सय एक जनाको ज्यान गएको छ भने ८४ हजार सात सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।२०७६ चैत २३ गते बिहान ९ :४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology