• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुर नगर भवन अलपत्रर खानेपानीको हाहाकार

भोजपुर नगर भवन अलपत्रर खानेपानीको हाहाकार


समायोजन खबर
  • बुधबार, जेष्ठ ३१ २०७४

  • भोजपुर, जेठ ३१ गते । म्याद सकिएको एक महिना बितिसक्दासमेत भोजपुर नगरपालिकाको भवन अलपत्र परेको छ ।ठेकेदारको चरम लापर्वाहीका कारण सम्झौताअनुसार काम हुन नसक्दा नगर भवन अलपत्र बनेको हो । २०७२ साल असोज २० गते ओशिस इन्जिनियर्स एन्ड विल्डर्स प्रालिले रु एक करोड ५६ लाख ७९ हजार ८६५ मा यही चैत मसान्तमा सक्ने गरी ठेक्का लिएको थियो तर म्याद सकिएको एक महिना बितिसक्दासमेत २० प्रतिशत मात्रै काम भएको छ ।

    “कामको गति हेर्दा भवन बन्न दसाँै वर्ष लाग्छजस्तो छ”, नगरपालिकाको काम यस्तो हुन्छ भने के विकासको आशा गर्ने स्थानिय शान्ता राईले भन्नुभयो । यता ठेकेदार कम्पनीका साइट इन्चार्ज सुरेश माझीले भने निर्माण सामग्री अभावले काममा ढिलाइ भएको प्रतिक्रिया दिएका छन् ।

    निर्माण कम्पनीले पेस्की खर्चबापत रु ३३ लाख लिइसकेको र ३७ लाख भुक्तानी गर्न तयारी रहेको भोजपुर नगरपालिकाका लेखा अधिकृत सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

    सदरमुकाममै खानेपानीको हाहाका

    यसैबीच, पछिल्लो समय मौसम परिवर्तन र सुख्खा खडेरीका कारण भोजपुर सदरमुकाममै खानेपानीको हाहाकार छ ।

    सदरमुकामका एक हजार ३२६ घरधुरीलाई खानेपानी दिँदै आएको सिलिचुङ खानेपानीले आवश्यक मात्रामा पानी वितरण गर्न नसक्दा सर्वसाधारणलाई खानेपानीको अभाव भएको हो । मुहानबाटै खानेपानी कम आउने भएकाले खानेपानी थाप्दाथाप्दै सुकेपछि सर्वसाधारण भोटेपसलको सप्तधारामा बिहान, दिउँसो र साँझ थुप्रिने गरेका छन् ।

    सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति भोजपुरले दुई दिनमा एकपटक खानेपानी वितरण गर्दै आएको समितिका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो । खानेपानी अभावले सदरमुकाममा बसोबास गर्ने होटल व्यवसायी, विद्यार्थी र गृहिणी सबैभन्दा बढी मारमा परेका छन् । रासस

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology