• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाबाट ५० हजार बढीको मृत्यु, इटलीमा मात्रै १३ हजारको ज्यान गयो

कोरोनाबाट ५० हजार बढीको मृत्यु, इटलीमा मात्रै १३ हजारको ज्यान गयो


समायोजन खबर
  • शुक्रबार, चैत्र २१ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम सातादेखि फैलिएको कोरोनोबाट हालसम्म ५० हजार २ सय ३० मानिसको ज्यान गएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

    कोरोनाबाट सबैभन्दा ठूलो मानवीय क्षति इटलीमा पुगको छ । प्राप्त पछिल्लो विवरणअनुसार, त्यहाँका १३ हजार ९ सय १५ मानिसको ज्यान गइसकेको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाबाट इटलीपछि स्पेनमा धेरै मृत्यु भएको छ । यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय ५० को मृत्यु भएपछि स्पेनमा ज्यान गुमाउनेको संख्या १० हजार ३ पुगेको हो ।

    बीबीसीले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै १० हजार ३ मानिसको ज्यान गएको जनाएको छ । यो संख्या इटलीपछिको सबैभन्दा धेरै हो । मृत्युदरसँगै स्पेनमा कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा छ । बीबीसीका अनुसार संक्रमितको संख्या पछिल्लो २४ घण्टामा १ लाख २ हजार १ सय ३६ बाट बढेर १ लाख १० हजार २ सय ३८ पुगेको छ । यो संक्रमण दर अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले बढी हो । केही दिनदेखि उकालो लागेको संक्रमण दर आउँदा दिनमा कम हुने अपेक्षा अधिकारीहरूले गरेका छन् ।

    जोनहप्किन्स विश्वविद्यलयकाअनुसार, अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पाँच हजार तीन सय १६ पुगेको छ । अमेरिकाका दुई लाख २६ हजार मानिसका संक्रमण पुष्टि भइसकेको छ । फ्रान्समा कोरोनाको उद्गमस्थल चीनमा भन्दा धेरै मानिसको ज्यान गएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार, हालसम्म फ्रान्सका ४ हजार ३२ कोरोना संक्रमितको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार १ सय ९९ मानिसको कोरोनाबाट ज्यान गएको छ । २०७६ चैत २१ गते बिहान ७ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology