• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वीरगञ्ज प्रकरण : कोरोना पुष्टि भइसकेको छैन : परिवार

वीरगञ्ज प्रकरण : कोरोना पुष्टि भइसकेको छैन : परिवार


समायोजन खबर
  • आइतबार, चैत्र ९ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर वीरगञ्ज, वीरगञ्जका एक व्यापारीलाई कोरोना पुष्टि नभएको परिवारले जनाएको छ।  कतिपय सञ्चार माध्यमले एक दाना व्यवसायीलाई कोरोना भएको समाचार दिए पनि उनका भाइले कोरोना पुष्टि हुन बाँकी रहेको जानकारी दिए ।

    व्यापारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अहिले भारतको पटनास्थित पटना मेडिकल कलेज एण्ड हस्पिटलमा भर्ना गरिएको छ। ‘दाइको स्वाब टेस्टका लागि पुने पठाइएको छ’, उनका भाइले भने, ‘भोलि रिपोर्ट आएपछि मात्र थाहा हुन्छ।’

    आशंका गरिएका व्यवसायीलाई वीरगञ्जकै गण्डक अस्पतालले पटना रिफर गरेको थियो। ‘पटनामा जाँच गर्दा चिकित्सकहरुले कोरोनाको आशंका गरेका छन् भनेर दाइले मलाई दिउँसो फोनमा भन्नुभयो’, भाइले भने, ‘थप परीक्षण हुदैँछ। अहिले पुष्टि भएको छैन।’

    उनले दाइको स्वास्थ्य सुधारउन्मुख रहेको बताए। ‘हामी पनि यहाँ त्यस्तो खबर सुनेपछि सतर्क भएर बसेका छौँ।’ उनले दाइ केही समयअघि भारतको कलकत्ता पुगेर फर्किएको जानकारी दिए। ‘२० दिन अघिजति कोलकोत्ता पुगेर आउनु भएको थियो’, उनले भने, ‘पाँच दिन भयो दाइ बिरामी पर्नु भएको।’२०७६ चैत्र ९ गते राती ८  : ५४ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology