समायोजन खबर खोटाङ, खोटाङमा बहालवाला दुईजना वडाध्यक्षसहित ५३१ जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
नेकपा एमालेबाट बुईपामा दुई कार्यकाल निर्वाचित वडाध्यक्ष दिनेश राई र तत्कालिन नेकपा एसबाट बासपानीमा निर्वाचित वडाध्यक्ष तुलाराम राई उक्त पार्टी प्रवेश गरेका हुन्।
दिक्तेलस्थित समिक्षालय हलमा असार ७ गते पार्टीको हातेमालो एवंम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पुर्नगठन कार्यक्रममा पार्टी प्रवेश गरेका वडाध्यक्षद्धयलाई पार्टीका वरिष्ठ श्रमदाता सुदन किरातीले सदस्यता वितरण गरेका छन्।
बुईपाबाट वडाध्यक्ष राईसहित अनेरास्ववियु जिल्ला सह–संयोजक अविषेक घिमिरे लगायत विभिन्न पार्टी परित्याग गरी ५०५ जना नेता कार्यकर्ताहरु श्रम संस्कृतिमा आएका हुन्।
जसपा नेपालका केन्द्रीय सदस्य प्रेम राई, जिल्ला अध्यक्ष सुनिल चाम्लिङ राई,कोषाध्यक्ष शान्तिकला राई, तत्कालिन माओवादी केन्द्रका नेता दीपेन्द्र राई, जिवन राई, उदीम चाम्लिङ राई, माया चाम्लिङ राई, लोकेन्द्र राई, दीपक राई पनि श्रम संस्कृतिमा भित्रिएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology