समायोजन खबर खोटाङ,खोटाङमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने एचपीभी खोप लगाईने भएको छ।
सरकारको नियमित कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय खोटाङले २८ माघदेखी १ फागुनसम्म कक्षा ६ मा अध्ययन गर्ने सम्पूर्ण किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाइ खोप लगाइने भएको हो।
स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन अध्यापन हुने १८४ वटा विद्यालयका १ हजार ५४१ जना र विद्यालय नजाने २१ जना किशोरीसहित एक हजार ५६२ जना किशोरीलाई खोप दिइनेछ।
किशोरीहरुलाई २६४ वटा खोप केन्द्रबाट खोप लगाइनेछ। यसका लागि २६४ जना खोप दिने स्वास्थ्यकर्मी,२६४ जना स्वयंम्सेवक र एक हजार जना सुरपरीवेक्षक खटिने छ।
एजपीभी अर्थात ह्युमन प्यापिलोमा भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक हो। एचपीभी यौन सम्पर्कबाट फैलने संक्रमण हो। एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा बढी प्रभावकारी हुने भएकाले किशोरीहरुलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख कुल बहादुर पौडेलले बताए।
पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन चार जना महिलाको मृत्यु हुन्छ भन्ने अनुमान छ। महिलाहरुमा हुने क्यान्सरहरुमध्ये पाठेघरको मुखको क्यान्सर दोश्रो मुख्य कारण रहेको छ भने, क्यान्सरबाट महिलाको मृत्यु हुनेमा यो पहिलो कारण देखिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology