समायोजन खबर काठमाडौं,
महामारीको रूप लिएको कोरोना (कोभिड–१९) संक्रमणबाट ज्यान जानेको संख्या १० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोरोनाको उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।
इटली र चीनपछि मध्यपूर्वको देश इरान कोरोनाबाट प्रभावित बनेको छ । त्यहाँ पछिल्लो २४ घण्टामै १ सय ४९ कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनबाट ज्यान गुमाउनेको संख्या इरानमा १ हजार २ सय ८४ पुगेको छ । मृत्यदुरका हिसाबले स्पेन चौथो नम्बरमा छ । यहाँ हालसम्म ८ सय ३१ मानिसको ज्यान गएको छ । उपचारका क्रममा बिहीबार मात्रै १९३ ले ज्यान गुमाएका छन् ।
२०७६ चैत्र ७ गते बिहान ८ :१४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology