पोखरा, जेठ २६ गते । स्याङ्जाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल स्वरेकस्थित भैरव कालिका मन्दिर परिसरमा रु तीन लाख ५६ हजारको लागतमा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ ।
भैरव कालिका आमा समूहको सक्रियतामा निर्मित उक्त भवनको बिहीबार समाजसेवी एवम् माउन्ट कैलाश रिसोर्टका अध्यक्ष नरेश भट्टराईले उद्घाटन गर्नुभयो । भवन निर्माणसँगै समूहका विभिन्न गतिविधि सञ्चालनमा सहज हुने देखिएको छ ।
रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डेयले स्वरेक प्राकृतिक रुपमा मात्रै नभएर धार्मिक पर्यटकीय दृष्टिकोणबाट पनि सम्भावनायुक्त रहेको बताउनुभयो । बाइसे चौबिसे राजाको पाला देखिको ऐतिहासिक कोटका बारेमा प्रचार प्रसार गर्दै यसलाई उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा राजेन्द्र भवानी माविका शिक्षक एवम् भैरव कालिका क्षेत्र विकास समितिका उपाध्यक्ष कुलबहादुर खाँण, समाजसेवी ई। चन्द्रबहादुर रोकाहा, नमुना स्वरेक सहयोगी समाज स्याङ्जाका उपाध्यक्ष यमलाल शर्मा पँगेनी, भैरव कालिका आमा समूहकी अध्यक्ष शशी सेन लगायतले पर्याप्त सम्भावना बोकेर पनि स्वरेकको अपेक्षित विकास हुन नसकेको बताउँदै यसतर्फ सबैको सक्रियता आवश्यक रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा समाजसेवी भट्टराईलाई सम्मान गरिएको थियो । रासस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology