पर्सा, जेठ २६ गते । समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आज वीरगन्जमा जलुस प्रदर्शन गरेको छ ।
शाखाका उपाध्यक्ष अनुप तिवारीमाथि साङ्घातिक आक्रमण गर्दै दुव्र्यवहार गर्ने दोषीलाई कारबाहीको माग गर्दै महासङ्घले वीरगन्जमा जुलुस निकालेको हो । घन्टाघर चोकबाट निकालिएको जुलुस माईस्थान, महावीरस्थान, आदर्शनगर, मीना बजार हँुदै पुनः घन्टाघर चोकमै पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा शाखाका अध्यक्ष श्याम बन्जाराले सामाचार लेखेकै कारण पत्रकार तिवारीमाथि भएको आक्रमण तथा दुव्र्यवहारजस्तो कार्य निन्दनीय भएको बताउनुभयो ।
यही जेठ २२ गते राति वीरगन्जको छपकैयामा खाजा खाइरहका तिवारीमाथि आक्रमण गर्ने वीरगन्ज निवासी सुजित गिरी, एजाजबाबु राँकी र कृष्णा चौरसियालाई कारबाही गर्न निवेदन दिइएको छ । रासस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology