• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना भाइरसबाट एकैदिन २४२ जनाको मृत्यु

कोरोना भाइरसबाट एकैदिन २४२ जनाको मृत्यु


समायोजन खबर
  • बिहिबार, फाल्गुन १ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,

    चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो पहिलो घटना हो । भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ ।

    बुधबार १४ हजार आठ सय ४० जनामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरुले बताएका छन् । हुबेई प्रान्तमा कोरोनाको उपचार गर्नका लागि व्यापाक परिभाषाको सुरु गरिएको थियो, जो अधिकांश घटनाका लागि जिम्मेवार छन् । यद्यपि गएको बुधबारसम्म सङ्क्रमितको सङ्ख्या घट्दै गएको बताइएको थियो ।

    हुबेई प्रान्तमा नयाँ घटना र ज्यान गुमाउनेको सङ्ख्या बढेसँगै कोरोनाको कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ५० नाघेको हाे । त्यस्तै कोरोना सङ्क्रमणको झण्डै ६० हजार घटना दर्ता भएका छन् । हुबेई प्रान्तले पूरै चीनमा भएको सङ्क्रमणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

    २०७६ फागुन १ गते बिहान ९ :१४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology