काठमाडौं : राष्ट्रिय ‘आविष्कार केन्द्र’लाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने सरकारको निर्णयलाई म्यागासेसे पुरस्कार विजेता एवं अभियन्ता वैज्ञानिकले आलोचनात्मक समर्थन जनाउनु भएको छ।
शुक्रबार अन्नपूर्ण पोस्ट्ले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पुनले भन्नुभयो ‘एउटा मन्त्रीले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गर्नुभयो।उहाँलाई धन्यवाद छ तर मन्त्रीले भन्दैमा र बजेट भाषणमा राख्दैमा पैसा पाउने आश म राख्दिन। किनकी यो भन्दा अगाडि धेरै मन्त्री र नेताले मलाई ढाट्नु भएको छ।’अन्नपुर्ण पोष्टले लेखेको छ।
सरकारी निर्णयलाई विश्वास निक्कै गाह्रो हुने गुनासो गर्दै पुन भन्नुभयो, ‘विगत चार वर्षदेखि आविष्कार केन्द्रलाई सहयोग जुटाउन सिंहदरबारका सम्बन्धित सबै नेता, मन्त्रीज्यू, सरकारी सचिवलाई भेटेँ। उहाँहरुले खाली सहयोग गर्ने आश्वासन मात्र दिनुभयो।मलाई एउटा माग्नेको रुपमा हेर्नुभयो र आजभोली भन्दै आलटाल गरेर टुंग्याइ दिनुभयो।’
‘एउटा मन्त्रीले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गर्नुभयो।उहाँलाई धन्यवाद छ तर मन्त्रीले भन्दैमा र बजेट भाषणमा राख्दैमा पैसा पाउने आश म राख्दिन। किनकी यो भन्दा अगाडि धेरै मन्त्री र नेताले मलाई ढाट्नु भएको छ।’
उहाँले यसअघिका दुई अर्थमन्त्री डा. रामशरण महत र विष्णु पौडेलले आविष्कार र अनुसन्धानका लागि बजेटमा पैसा दिन्छु भनेको तर, त्यसपछि कयौँ पटक ताकेता गर्दा पनि नदिएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, ‘पूर्वअर्थमन्त्री रामशरण महतले आफ्नो पालामा बजेट भाषणमा ५० करोड बजेट छुट्याएर पनि अनेकौं बहाना बनाएर पैसा निकासामा धोका दिनुभयो।मलाई ८ महिनासम्म मन्त्रालयमा बोलाएर माग्ने जस्तो बनाउनुभयो।’
राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्न अब आफूले जितेको तक्मालाई बेचेर भए पनि कामलाई अगाडि बढाउने बताउनुभयो। उहाँले भन्नुभयो, ‘मैले आविष्कार केन्द्रलाई उपयोगी र अनुसन्धान गर्न जितेका तक्माहरुलाई बेच्ने वचनवद्धता गरिसकेको छु। अब त्यो लिलामीमा गैसकेको छ।’
‘पूर्वअर्थमन्त्री रामशरण महतले आफ्नो पालामा बजेट भाषणमा ५० करोड बजेट छुट्याएर पनि अनेकौं बहाना बनाएर पैसा निकासामा धोका दिनुभयो।मलाई ८ महिनासम्म मन्त्रालयमा बोलाएर माग्ने जस्तो बनाउनुभयो।’
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले नेपाल सरकारसँग ५० करोड रुपैयाँ माग्दै आउनु भएको थियो। तर, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारसम्मलाई गुहारर्दा कसैले कुनै सुनुवाई नगरेको दुखेसो पोख्नुभयो।
‘बाबुराम भट्टराई प्रधानमन्त्री भएदेखि अहिले प्रचण्ड सरकारसम्मले आविष्कार केन्द्रलाई आश्वासन र मन्त्रालायको ढोकामा कुदाउने र चिया बिष्कुट खुवाउने काम मात्रै गर्नुभयो’, पुनले भन्नुभयो, ‘उपलब्धि भने हात लाग्यो शून्य बनाइदियो।’
केपी ओली नेतृत्वको सरकारले ‘गुगल ब्वार्इ’लाई एक करोड दिएको तर महावीर पुनको आविष्कार केन्द्रले नपाएको भन्दै सामाजिक सञ्जालमा तत्कालीन ओली सरकारको चर्को आलोचना भएको थियो। आफूले मागेको सहायता नपाएपछि रिसाएका महावीर पुनले अब सरकारसँग हात नपसार्ने बरु जनताबाटै पैसा संकलन गरेर आविष्कार केन्द्र खोल्ने घोषणा गर्नु भएको थियो ।
अहिलेसम्म जनस्तरमा आर्थिक संकलन अभियानको पारदर्शिता कस्तो रहेको भन्ने प्रश्नमा पुनले अहिलेसम्म संकलित रकमलाई पारदर्शी बनाउन पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा काम भइरहेको जवाफ दिनुभयो।
पुनले पाएका तक्माको बैना
यसैबीच पुनले आविष्कार केन्द्रलाई
मजबुत बनाउन आफूले पाएका तक्मालाई नेपालमै बैना गर्नु भएको छ।भरतपुर चितवन वडा नम्बर १२ की तारा बरालले अमेरिका पुर्याइएका तक्मा लिने बताउर्दै १ रुपैयाँमा बैना गर्नु भएको छ । अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक युवराज घिमिरेको उपस्थितिमा बरालले पुनका सम्मान र तक्मा आफूले लिने भन्दै एक रुपैयाँ बैना गर्नु भएको हो । पुनले तक्माबाट आएको रकमलाई विष्कार केन्द्रमा लगाउने घोषणा गर्नुभयो।
पुनको आविष्कार केन्द्रलाई डेढ करोड रुपैयाँ दिएकोमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन्। सर्वसाधारणले पुनको कामको खुलेर प्रशंसा गरेका छन् भने कसैले कामचलाउ सरकारले बजेट बाँडेको आरोप लगाएका छन्।अन्नपुर्ण पोष्टले लेखेको छ।