• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सिरानीमुनी लसुन राखेर सुत्दा हुन्छ् यस्तो फाइदा

सिरानीमुनी लसुन राखेर सुत्दा हुन्छ् यस्तो फाइदा


समायोजन खबर
  • मंगलबार, जेष्ठ १६ २०७४

  •  

    एजेन्सी । लसुन विश्वको धेरैजसो भान्सामा प्रयोग हुने मसला हो । खानालाई स्वादिष्ट बनाउँन बाहेक लसुनलाई केही घरेलू उपचारमा पनि प्रयोग गरिँदै आएको छ । लसुनको केही परम्परागत महत्व छन्, जसले नकारात्मक शक्तिलाई भगाउन सक्छ ।

    लसुनबाट धेरै क्यालोरिज पाइन्छ । सय ग्राम लसुनमा सयभन्दा बढी क्यालोरी पाइन्छ । त्यस्तै लसुनमा कार्बोहाइड्रट र प्रोटिन प्रसस्त मात्रामा पाइन्छन्, जसले हाम्रो शरीरिक तथा मानसिक दुवै स्वास्थ्यमा सुधार ल्याउँछ ।

    लसुनमा खनिज, सोडियम, पोटासियम तथा म्याग्नेसियम र भिटामिन–बीको मात्रा बढी रहन्छ । यसबाहेक लसनमा ‘एलिसिन’ नामक तत्वको पनि मात्रा पनि बढी हुन्छ ।

    लसुनले संक्रमण तथा अपच र श्वासप्रश्वाको समस्यालाई ठिक पार्छ । लसुनमा पाइने ‘एन्टिअक्सिडेन्ट’ र ‘एन्टी–इन्फ्लामेटोरिज’ले मृटुलाई स्वास्थ्य राख्छ । लसुनले शरीरमा रहेको कोलेस्ट्रोललाई नियन्त्रण गर्छ र शरीरमा रक्तचाप प्रक्रियालाई ठिक र नियमित गराउँछ । लसुनले एन्टिबायोटिकभन्दा राम्ररी जीवाणुहरु मार्न सक्छ ।

    किन राखिन्छ सिरानीमुनि लसुन ?

    सिरानीमुनि लसुन राख्नुको आफ्नै पुरानो मान्यता छ । लसुनले मिठो निन्द्रा लगाउँछ भन्ने मान्यता राखिन्छ । यसले बिशेषगरी त्यस्ता व्यक्तिलाई फाइदा गर्छ, जसलाई निन्द्रा पर्न गाह्रो हुन्छ ।

    लसुनको सल्फरयुक्त यौगिक र कडा सुगन्धको शान्त प्रभावले मिठो निन्द्रा लगाउँछ । एक पटक प्रयाग गर्नुहोस्, यो तरिका तपाई यसको असर थाहा पाउँनुहुनेछ । त्यस्तै, सिरानीमा लसुन राख्नाले हामीमा दिनभरी सकारात्मक प्रभाव पार्नका साथै अर्को दिनको लागि रातभर ऊर्जा संकलन गर्छ । सुरु सुरुमा लसुनको सुगन्धले केहीलाई अप्ठ्यारो पर्न सक्छ तर नियमित यसरी सिनारी मुनी लुसन राख्नाले बानी पर्छ र यसको बास्नाले राम्रो निन्द्रा पर्छ।

    त्यस्तै, मिठो निन्द्रा लगाउँन लसुनलाई अर्को तरिका पनि प्रयोग गर्न सकिन्छ । एक गिलास दुधमा एक पोटी लसुनलाई ट्क्राएर उमाल्नुहोस् । तीन मिनेटसम्म उमालेपछि सेलाउँन दिनुहोस् । अब एक चिनी चम्चा मह दुधमा मिसाएर पिउँनुहोस् । यद्यपि, राम्रो प्रभावका लागि तपाईले सुत्न ३० मिनेटअघि पिउँनुपर्ने हुन्छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology