समायोजन खबर काठमाण्डौ,
प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलाइसिस गर्न अस्पताल पुग्नुभएको छ । प्रधानमन्त्री ओली नियमित डायलाइसिसका लागि महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली आजै बालुवाटार फर्कनुहुने पनि सल्लाहकार थापाले बताउनुभयो । मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गराउनुभएका प्रधानमन्त्री ओली १० दिन अस्पताल बसेर गएको बिहिबार बालुवाटार फर्कनुभएको थियो । आजै उहाँले साग समापनका अवसरमा भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गदै सफलतापूर्वक साग सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनुभएको थियो ।
२०७६ मंसिर २४ गते राती ९ :३३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology