समायोजन खबर काठमाण्डौ,
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भ्रमणका कारण त्रिभुवन विमानस्थल मंगलबार आधा घण्टा बन्द हुने भएको छ । राष्ट्रपति हमिद विमानस्थल आइपुग्ने बेला दिउँसो १२ बजेर २५ मिनेटदेखि १ बजेर ५ मिनेटसम्म सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
राष्ट्रपति हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तालिका छ ।
उहाँसँगै बङ्गलादेशका विशिष्ट अतिथीले विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्ने तालिका पनि रहेको परराष्ट्र मन्त्रालले जनाएको छ । बंगलादेशका राष्ट्रपति हमिद आउँदो शुक्रबार स्वदेश फर्कनु हुनेछ ।
२०७६ कार्तिक २६ गते मध्यान्ह १२ : ५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology