• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साउदीमा कार्यरत नेपालीलाई कम्पनी नछाड्न दूतावासको अनुरोध

साउदीमा कार्यरत नेपालीलाई कम्पनी नछाड्न दूतावासको अनुरोध


समायोजन खबर
  • मंगलबार, असोज २८ २०७६

  • समायोजन खबर काठमाडौं,

    साउदीस्थित नेपाली दूतावासले साउदीमा कार्यरत नेपालीलाई आफूखुसी कार्यरत कम्पनी नछाड्न आग्रह गरेको छ। पछिल्ला दिनमा भने अनुसारको काम र सुविधा नपाउँदा कम्पनी छाड्नेको संख्या बढेको भन्दै रियादस्थित नेपाली दूतावासले सूचना जारी गरेर सचेत गराएको हो।

     

    साउदी पुगेको केही दिनमै कम्पनी राम्रो नरहेको, मेसको खाना मन नपरेको, भने अनुसारको सुविधा नदिएको, मेडिकल नगरेको, विरामी हुँदा कम्पनीले उपचार नगरेको, जस्ता कारण देखाउँदै कम्पनी छाड्ने क्रम बढेको दूतावासले जनाएको छ। यसरी काम छाड्दा समस्या थपिने र मालिकलाई मात्रै बलियो बनाउने भएकाले काम नछाडि वास्तविक समस्या दूतावासमा राख्न आग्रह गरेको छ। समस्या पर्दा नेपालमा म्यानपावरका प्रतिनिधिले भनेको कुरा नभई सम्झौतापत्र आधिकारिक हुने भएकाले सम्झौतापत्र राम्रोसँग हेर्न दूतावासले भनेको छ।

    गत वर्षको तुलनामा चोरीका घटनामा संलग्न भएर वा आरोप लागेर जेल पर्ने र ठूलो धनराशी कम्पनीलाई बुझाउनु परेका घटना बढिरहेको दूतावासको जनाएको छ। यस्ता कार्यमा संलग्न नहुन र एटिएम वरपर लामो समय नबस्न जानकारी गराइएको छ। लामो समयसम्म कार्यरत नेपालीलाई केही कम्पनीले स्वदेश फर्किने बेलामा सेवा सुविधा नदिने, महिनौसम्मको तलब नदिने, अकमा(परिचयपत्र) नवीकरण नगरिदिने लगायतका समस्या परे साउदीको श्रम कार्यालयमा निवेदन दिन र त्यसको जानकारी दूतावासमा गराउन भनिएको छ।

     

    यस्तो सुविधा दिलाउन समय लागे पनि सुविधा प्राप्त हुने बताएको छ। साउदीमा रहँदा त्यहाँको कानुनको पालना, धर्म संस्कृति र परम्पराको सम्मान गर्न आग्रह गर्दै आलोचना गरेर सामाजिक सञ्जालमा नराख्न भनिएको छ। कामको बेलामा समस्या परे दूतावासले टेलिफोन गरि वास्तविक कुरा जानकारी गराउन दूतावासले अनुरोध गरेको छ।

    २०७६ असोज २८ गते साँझ ६ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology