नुरु शेर्पा पोखरा,
पोखरा आफैमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँ हो । तर, हेर्नैपर्ने ठाउँ पुग्र्नैपर्ने ठाउँ अन्नपूर्ण र घान्द्रुक रहेछ । परम्परागत शैलीका कलात्मक चिया घर, चालचलन, पहाडको टुप्पोमा रहेको घान्द्रुकमा गुरुङ समुदायको जीवनशैली, संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । घान्द्रुक गाउमा प्रायः गरि अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने नेपाली तथा विदेशी पर्यटकहरुले यस स्थानलाई परिचित गन्तब्यको रुपमा लिन्छन् ।

घान्द्रुकका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मेश्रम बराह, तौजीबराह, कोटडाँडा, गुम्बा, ङयोवराहजस्ता स्थलले यहाँको पर्यटनलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पाईन्छ । यहाँ बिषेशगरी विभिन्न प्रजातीका चरा, मृग, बाँदर, कालिज, परम्परागत मन्दिर, भयरथान, झाँक्रीथान, बराहथान, देवीथान, भूमेथान, छन्द्री छहरा, छाराप्रि छहरा, गुरुङ हिल, बाघको आकृति देखिने ढुंगा, गुरुङ संग्राहलय, फेवातालको दृष्य र अन्नपूर्ण हिमश्रृंखलाको दृष्य जस्ता आकर्षणसँग अन्नपुर्ण क्षेत्रसँग जोडिएको पाइन्छ ।
सोही ठाउँ हेर्न दुई विदेशी पर्यटक सहित पाँचजनाको टोलि अन्नपूर्ण फेदी तिर लाग्यौ । पोखराको जिरोपोइन्टबाट सार्वजनिक सवारी साधनमा नौडाँडा, काँडे नायपुल स्याउले बजार हुंदै मर्खु बजारसम्म पुग्यौ । भोलिपल्ट पैदलयात्रा गरी छुम्रुङ सिनुवा हुंदै भ्यम्बोमा खाना खाई दोभान बजारमा बास बसेका थियौ । बिहानि चिसो मौसममा उकाली चट्दै हामी अन्नपूर्ण पुग्यौ ।
समुन्द्री सतहबाट करिब चार हजार एक सय मिटर उचाइमा रहेको अन्नपूर्ण हिमालको फेदीमा हिउँद याममा हिउँ धेरै पर्ने भएकाले त्यस ठाउमा निकै चिसो हुने रहेछ । अन्नपूर्ण फेदी वरपर धेरै मानव वस्ती रहेनछ । थोरै मात्रामा होटलहरु थिए । अन्नपूर्ण क्षेत्रको मनमोह दृश्य अवलोकन गर्न धेरैे बिदेशी पर्यटकहरु त्यहाँ घुम्न आउने र मनोरञ्जन लिने गर्दा रहेछन् । त्यस क्षेत्रमा बिदेशी पर्यटक मात्र होइन, आन्तरिक पर्यटकको पनि त्यतिकै चाप देखियो। त्यस ठाउँको हावा पानी वातावरण निकै स्वच्छ रहेछ । त्यहाँबाट अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, हिम्चुलि हिमाल, किम्लुङ खोला मोदु खोलाजस्ता खोलानाला, बन जङगलमा रहेको चराचुरुङ्गी जिवजन्तुको मनमोहले प्रायः यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु अन्नपूर्ण क्षेत्रमा एकनासले टोलाइ रहेका भेटिन्छन् । तपाई पनि जाने हैन त घुम्न घान्द्रुक अन्नपूर्ण । (लेखक शेर्पा पर्यटन व्यवसायमा आवद्ध हुन् ।)
२०७६ असोज १ गते साँझ ६ :११ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology