• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कतारमा नेपालीमाथि सांघातिक आक्रमण, एकजनाको मृत्यु

कतारमा नेपालीमाथि सांघातिक आक्रमण, एकजनाको मृत्यु


समायोजन खबर
  • बुधबार, साउन २९ २०७६

  • कतार।

    समायोजन खबर काठमाडौं,
    कतारको दोहामा मंगलबार राति नेपालीमाथि सांघातिक आक्रमण भएको छ । दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । घटनामा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको र उनको शव हमाद अस्पतालमा रहेको दूतावासले जनाएको छ । घाइतेहरुको हमाद अस्पतालमा नै उपचार भइरहेको छ ।

    पाँचजना घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको छ । घाइतेहरु इब्राहिम अन्सारी र नौसाद अन्सारी भने खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ । घटनापछि पक्राउ परेका अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासत मुक्त गराइसकेको समेत दूतावासले जनाएको छ । घाइते सबै सुनसरी जिल्लाका रहेका छन् । नेपाली दूतावासले भीडभाड नजान समेत कतारमा रहेका नेपालीलाई सचेत गराएको छ ।
    २०७६ साउन २९ गते राती ८ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology