• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाढी पहिरोबाट १११ जनाको मृत्यु, ४० जना बेपत्ता

बाढी पहिरोबाट १११ जनाको मृत्यु, ४० जना बेपत्ता


समायोजन खबर
  • शुक्रबार, साउन १० २०७६

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    मनसुनपछिको विपद्का कारण देशभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । ज्यान गुमाउनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै, बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन् । अहिलेसम्म बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ ।

     

    बाढीबाट ३१ जना तथा पहिरोमा परेर ९ जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । यस्तै, पहिरोबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुबानबाट ६४ जिल्ला प्रभावित भएको छ । सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन् ।

    सिराहामा ७ र ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँचरपाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चाररचार जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परेर काठमाण्डौ, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीनररतीन, सुनसरी, धादिङ, दाङ र बारामा दुईरदुई जनाको ज्यान गएको छ । उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एकरएक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

     

    बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन् । डोल्पामा ७ र लमजुङमा ६ जना अझै बेपत्ता छन् । सिन्धुलीमा चार, इलाम र मोरङमा तीनरतीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुईरदुई जना बेपत्ता छन् । झापा, सुनसरी, काठमाण्डौ, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्जनपुरमा एकरएक जना बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।

    बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन् । पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन् । भारी वर्षाका कारण १७ जना घाइते भएका छन् । प्राप्त जानकारीअनुसार मकवानपुर र लमजुङमा आठरआठ तथा काठमाण्डौ, सिराहा र रौतहटमा पाँचरपाँच जना घाइते भएका छन् । मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा एकरएक जना घाइते भएका छन् । झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा दुईरदुई जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा तीनरतीन जना घाइते भएका छन् । उज्यालो
    २०७६ साउन १० गते बिहान ८ :५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology