• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

समाचार प्रभाव , मुटुरोगी शोभालाइ रामकुमार राईबाट व्यतिmगत ५६ हजार सहयोग

समाचार प्रभाव , मुटुरोगी शोभालाइ रामकुमार राईबाट व्यतिmगत ५६ हजार सहयोग


समायोजन खबर
  • बुधबार, बैशाख १३ २०७४


  • चिसाङ शेर्पा
    बैशाख १३÷काठमाडौ
    “मुटुको भल्ब ड्यामेज,शोभाद्धारा सहयोगको अपिल” समाचार गत चैत्र ३१ मा विभिन्न सञ्चार माध्यममा सार्वजनिक भयो । एकाएक शोभाका आफन्त तथा जाने बुझेकाले फेसबुकमार्फत शेयर गर्दै गए । अधिकांशले सहयोगको लागि अपिल गरे , सञ्चार माध्यममा शोभाको समाचार भाईरल बनेपछि देश तथा विदेशबाट सहयोग जुट्ने आशा गरिरहंदा एकै व्यतिmले विरामीको अपरेशनका निमित्त ५६ हजार सहयोग गर्ने भएका छन्् ।
    “फेसबुकवालमा युवतीको फोटोसहित एउटा नयाँ समाचार देखे खुलदुलि भएर पढे,  पढि नसक्दा नै गला अबरुद्ध भयो ” मनकारी सहयोगी रामकुमार राईले जापानदेखी फेसबुकवाट जानकारी गराए । आफु पनि खोटाङ्गे आफ्नै खोटाङ्गकी चेली त्यसमा पनि ३ वर्षकी बच्चाकी आमा रहेछ मनै थाम्न सकिन अनि सानो सहयोग गर्ने विचार गरे उनले भने । दिन दुखिलाई सक्दो सहयोग गर्दै समाजसेवामा रुचि भएको समेत उच्च शिक्षाका लागि जापानमा वसोवास गरिरहेका राईले सुनाए ।
    २०१४ मा उच्च शिक्षाका लागि जापान जानु भएका रुपाकोट मझुवागढी नगरपालिका दोर्पा ७ चिउरीडाँडाका रामकुमार राईले जेष्ठको तेस्रो हप्तामा रुपाकोट मझुवागढी नगरपालिका – ३ नुनथला हाँबुका मुटु रोगी शोभाको खातामा सहयोग रकम जम्मा गरिदिने बताए । तत्काल जम्मा गर्नका लागि बैंक खाता नबनेकाले जेष्ठमा जम्मा गरिदिने भएको बताए ।
    बुबा कर्ण वहादुर राई, माता शान्ति कुमारी रार्ईका माईलो छोरा राईले ०६४ सालमा बिद्धोदय मा . वि दोर्पा चिउरीडाँडाबाट प्रबेशिका परिक्षा उतिर्णगरी बुढानिलकण्ठस्थित गणेश बहुमुखी क्याम्पस काठमडौंबाट ०६७ मा उच्च शिक्षा हासिल गरेका हुन् । शंकरदेव क्याम्पस बागबजारबाट ०७१ मा ब्याच्लर अफ विजनेश विषयमा विविएस उतिर्ण गरेपछि हाल जापानस्थित टोकियोे युर्निभर्सिटी कलेजमा सोसियल वयलफेर एण्ड विज्नेश ईकोनोमिक विषयमा अध्ययन गरिरहेका उनले सहयोग गर्न पाएकोमा खुशि प्रकट गरे ।
    मुटुको एउटा भल्ब ड्यामेज भई भई बेकामे भएका, दुईवटा भल्वले पनि काम गर्न छोडेको सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बासबारी काठमाडौंले पुष्टि गरिसकेको छ । मासिकरुपमा १५ हजारको हाराहारीमा औषधी खरीद गर्नुपर्ने र पारिवारीक स्थितीले धान्न नसक्ने भएपछि उहाँका श्रीमान दुई महिना अघि रोजगारीका शिलसिलामा साउदी अरबमा रहेका छन् । दोर्पा चिउरीडाँडा ९ घर भई रुपाकोट मझुवागढी नगरपालिका – १३ नुनथला हाँबुमा विवाहगरी हाल झापाको धुलावारीमा बसोवास गरीरहेकी शोभाको तीनवर्षका एक छोरा छन ।

    सहयोग संकलनका लागि साउदीमा निर्माण गरिएको सहयोग रसिद ।
    सहयोगीदाताहरुद्धारा प्राप्त सहयोग रकम संकलनमा सहजताका लागि अहिले बिरामी शोभाको नाममा बैंक खाता बनाउने प्रक्रिया भईरहेको बिरामीका दाई पवन चाम्लिङ्ले बताए । मलेशिया, कतार, जापान र कोरियामा पनि सहयोग रकम संकलन भईरहेको छ ।
    “शोभा राई बचाऔं अभियान” साउदीमा पनि तीब्रगतिमा सञ्चालन हुने भएको छ । सहयोग रसिद बनिसकेको र आगामी शुक्रवार पहुँच पुगेसम्मका नेपालीहरुमा रसिद बाँडिने अभियान्ता रुपाकोट मझुवागढी नगरपालिका – १३ नुनथलाका तारा नाछिरिङ् राईले बताए । ४० देखी ५० हजार हाराहारीमा सहयोग जुट्ने अभियान्ता राइको भनाई छ ।
    न्यनतम दुईसय अमेरिकी डलरदेखी एक हजार डलरमा मुटुको भल्व खरिद गरेर अपरेशनको माध्यमवाट भल्व राख्न सकिने अस्पतालले जनाएको छ । असार पहिलो सातामा शोभाको अपरेशन गरिने तयारी समेत भईरहेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology