समायोजन खबर काठमाडौं,
अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ । काठमाडौं, खोटाङ र काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा पाँचथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३० जनाको ज्यान गएको हो ।

मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी १२ जना घाइते भएका हुन् । सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, पर्सा धादिङमा १/१ जना गरी १८ जना वेपत्ता भएका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीले जनाएको छ ।
२०७६ असार २८ गते दिउँसो ४ :३३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology