• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुर्गमका २१ सुत्केरी तथा गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरेर बचाइयो

दुर्गमका २१ सुत्केरी तथा गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरेर बचाइयो


समायोजन खबर
  • बिहिबार, जेष्ठ ३० २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    दुर्गमका सुत्केरी तथा गर्भवती महिलालाई स्वास्थ्य सेवा दिन सरकार सक्रिय देखिएको छ । नेपाल सरकारले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमबाट अहिलेसम्म २१ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धारपछि उपचार भएको छ । ६ महिनाको अवधिमा ज्यान जोखिममा रहेका २१ जना गर्भवती तथा सुत्केरी महिलाले सेवा लिएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जनाएको हो ।

    आगामी आर्थक वर्षको बजेटमा पनि यसै कार्यक्रमका लागि पाँच करोड रुपैयाँ बिनियोजन भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम शाखाका प्रमुख अन्जु ढुंगानाले बताउनुभयो । दुर्गम हिमाली तथा पहाडी क्षेत्रका ३४ जिल्लामा हवाई उद्धारका कार्यक्रम सञ्चालन गरिएको छ । हवाई उद्धार कार्यक्रमका लागि अहिलेसम्म नेपाली सेना तथा निजी क्षेत्रका हवाई सेवाबाट पनि गर्भवती तथा सुत्केरी महिलासम्बन्धी अस्पतालमा उपचारका लागि पठाउँदै आइरहेको छ । कार्यक्रम गत पुस ६ गतेबाट सुरु भएको थियो ।
    २०७६ जेठ ३० गते बिहान ९ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology