• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थोले देम्बा महोत्सवमा लाखौं पर्यटन पुराउँछौ -टेण्डी शेर्पा

थोले देम्बा महोत्सवमा लाखौं पर्यटन पुराउँछौ -टेण्डी शेर्पा


समायोजन खबर
  • बिहिबार, चैत्र २४ २०७३

  • चिलिमडाडा चिया उत्पादक सहकारीको संस्थापक सचिव रहेर ३ हजार रोपनीमा चियाको बगान विस्तार गरिरहेका छन् । नेपाल शेर्पा संघको केन्द्रिय सदस्य समेत रहेका टेण्डी पछिल्लो समयमा भने जिल्ला लाई पर्यटकिय क्षेत्रको विकास गर्न जोड दिएर लागि रहेका छन् । ओखलढुंगाको अग्लो डाडा तथा नेपालकै  दोस्रो अग्लो डाडा थोले देम्बालाइ चिनाउन महोत्सव गर्न लागि परिरहेका छन् । बैशाक १, २ र ३ गते  हुने प्रथम थोले देम्बा पर्यटन महोत्सव मुल आयोजक समितीका महासचिव टेण्डी सँग महोत्सवमा केन्द्रित रहेर शेर्पाखबरका  संवाददाता कान्छोले गरेको कुराकानी ः
    थोले देम्बाको बारेमा केही बताइ दिनुस्  ?
    यो ओखलढुंगाजिल्लाकै अग्लो ठाउँ हो । उसो त नेपालका ७ वटा अग्ला डाडाँ मध्ये भित्र थोले देम्बा पनि पर्छ । यसको उचाई ३४ सय मिटर रहेको छ । जिल्लाका ५ वटागाविस खिजिफलाटे, चण्डेश्वरी, भूसिंग, रागदोलु र पात्ले लाई देम्बा डाडाँले छोएको छ । डाडाँबाट हिमालको दृश्यवलोकन गर्न सकिन्छ । त्यहाँबाट काठमाडौं समेत देखिन्छ । त्यसैगरी रामेछाप, भोजपुर, खोटाङ, सिन्धुली, काभ्रे, दोलखाका विभिन्न भागहरु नियाल्न सकिन्छ । २÷४ वर्ष पहिले यही डाडाँबाट नेपाल सरकारले नापी पिलर राखेर नक्सांकन तथा सिमांकन गर्ने गरेको थियो । अहिले पनि त्यसबेला राखेको पिलर त्यहाँ रहेको छ । धार्मिक हिसाबले भदौ पूर्णिमाबेला यारजाङ मेला लाग्ने गर्छ ।
    महोत्सवकाआकर्षक के के हुन् ?
    मुख्य देम्बाडाडाँ नै हो । डाँडा नजिकै जिल्लाकै ठूलो किल खोरदिङ गुम्बा छ ।गुम्बा भने भूकम्पले क्षतीग्रस्त छ । त्यस अलवा स्थानीय संस्कृती, भाषा तथा खानपान पनि हो । त्यहाँ शेर्पा, तामाङ, नेवार, सुनार लगायतका जातीको बाक्लो बसोवास छ । त्यसैगरी हामीले डाडा बाट प्यारग्लाइडिङको टेष्टफलाइट पनि गर्न लागेका छौं । नेपालमा पाईने अधिकांश गुराँस त्यहाँ पाइन्छ ।
    हाम्रो उद्देश्यमहोत्सव एक पटकमात्रै नभएर निरन्तर ३ वर्षसम्म गरेर पर्यटकीय केन्द्र बनाउने हो । तर्सथ देम्बा डाडाँलाई केन्द्रविन्दु बनाएर तयार गरिएको टे«किङ रुट प्रचलन ल्याउने हो । लिखु खोलाको किनारबाट नेपालकै दोस्रो ठूलो पोकलीझरनाहुँदै चियाबगान, थोलेदेम्बाको दृश्यवलोकन गर्न सकिने पोकलीपीके टे«किङ टे«ल बनेको छ । यसैलाई प्रचार ल्याउनपनि सहयोग महोत्सवले पुराउँछ । हामीले पर्यटकलाई कसरी आकर्षण गर्न सकिन्छ भनेर चिया बगान बनाउने देखि नयाँ ठाउँको विकास गर्न लागिरहेका छौं । भ्युटावर बनाउनेदेखि लिएर इन्टरनेटको व्यवस्था गर्ने सम्मको गतिविधिमा लागेका छौं ।
    यसको मुख्य आयोजक कस्ले गरेको हो ?
    मुख्य आयोजक स्थानीय २ वटा शेर्पा किदुगले गरेका हुन् । थोलेदेम्बा शेर्पा किदुग र पात्ले शेर्पा समाजको अग्रसरतामा भएको हो । अग्रसरता २ वटा संस्थाको रहेपनि सक्रियता भने जिल्लाका पर्यटन व्यवसायी देखि लिएर संघ संस्था, सरकारी कार्यालय, गैरसरकारी कार्यालय समेत लागि परेका छन् । महोत्सवलाई सफल बनाउन जिल्ला देखि  केन्द्रका राजनीतिज्ञ समेत लागि परेका छन्् । ३ दिन सम्म चल्ने महोत्सवमा ३ करोड ३७लाखखर्च हुने अनुमानगरिएको छ । लाखौं आन्तरिक र हजारौं बाह्यपर्यटक महोत्सवमा पुराउने लक्ष्यका साथम होत्सवको तयारी गरिरहेका छौं ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology