• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विदेशबाट फर्केकाले वैशाखमा सीप परीक्षण गर्न पाउने

विदेशबाट फर्केकाले वैशाखमा सीप परीक्षण गर्न पाउने


समायोजन खबर
  • आइतबार, चैत्र १७ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    बैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिले आउँदो बैशाखमा सीप परीक्षण गर्न पाउने भएका छन् । सीप आर्जनको प्रमाणपत्र लिन चाहेका र यसअघि आवेदन दिएका व्यक्तिले आउँदो बैशाख ३ गते सीप परीक्षण गर्न पाउने वैदेशिक रोजगार बोर्डले जनाएको हो । यसअघि परीक्षण गराउन भनेर आवेदन दिएका चारसय ६६ जनाले सातवटै प्रदेशका विभिन्न ठाउँबाट सीप परीक्षण गर्न पाउने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो ।

     

    उहाँले सीप परीक्षण गर्नुअघि यसै महिनाको २० गतेदेखी २६ गतेसम्म सञ्चालन हने अभिमुखीकरण कार्यक्रममा पनि अनिवार्य सहभागि हुनुपर्ने बताउनुभयो । बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र, सिटिईभीटीको राष्ट्रिय सीप परीक्षण समितिसँग मिलेर सीप परिक्षण गराउन लागेको हो । गएको पुसमा बोर्डले सीप परीक्षण गराउन चाहने व्यक्तिको आवेदन मागेको थियो । यस आर्थिक वर्षमा एकहजार व्यक्तिको लागि निःशुल्क सीप परीक्षणको व्यवस्था मिलाइएको थियो ।
    २०७५ चैत्र १७ गते बिहान ९ :२५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology