समायोजन खबर टोकियो,
जापानको दक्षिणपश्चिम प्रान्त वाकायामा नजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ । स्थानीय समयानुसार बुधबार १ : ५३ बजे अपराह्नमा सो भूकम्प आएको सो निकायले जानकारी दिएको थियो । यस भूकम्पपछि सुनामीको सुचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।
वाकायामा प्रान्तको सात ओटा क्षेत्रमा यस भूकम्पको कम्पन बढी महसूस गरिएको समाचारमा जनाइएको छ । तोकुशिमा नजिकै रहेको क्षेत्र बढी प्रभावित भई आएको यस भूकम्पलाई जापानको भूकम्प मापन क्षेत्रले भने ४ म्याग्नीच्युडको मात्र मापन गरेको जानकारी दिएको छ । भूकम्पबाट प्रभावित भएको यस इलाकालाई शिगा, ओसाका इयोगो र नारा प्रान्तले घेरिएको छ । हालसम्म यस भूकम्पछि मानवीय र सपत्ती क्षतिको कुनै समाचार प्राप्त भएको छैन ।
२०७५ फागुन २९ गते दिउँसो २ : ३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology