• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उज्यालो दिन नसक्ने बेकामे हाइड्रोपावर

उज्यालो दिन नसक्ने बेकामे हाइड्रोपावर


समायोजन खबर
  • बिहिबार, मंसिर १९ २०८२

  • थ्री स्टार हाइड्रोपावरको विधुत गृह।

    चिसाङ शेर्पा, खोटाङमा विधुत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन सप्लाई अबरुद्ध हुँदा जिल्लालाई विधुतीय लोड दिने क्षमताका तीनवटा स्थानीय हाइड्रोपावर छन्। तर, तीनवटै हाइड्रोपावर बेकामे छन्।

    थ्री स्टार हाइड्रोपावर, अपर रावाखोला हाइड्रोपावर र मेवाखोला सानो हाइड्रोपावर। यी तीनवटा हाइड्रोपावरबाट करीव १० मेगावट विधुत उत्पादन हुन्छ। जिल्लाभरका २९ हजार ९०० सय ग्राहकलाई मात्र ३ मेगावट विधुत भए पुग्छ। बिडम्बना तीनवटै हाइड्रोपावर परनिर्भर छन्।

    हाइड्रोपावर चालू हुन प्राधिकरणको केन्द्रीय प्रणालीबाट विधुत सप्लाई आवश्यक हुन्छ। प्राधिकरणबाट विधुत सप्लाई नपाएको खण्डमा आइसोलेटेड मोडमा आफै सञ्चालन भई यी हाइड्रोपावरले विधुत वितरण गर्न नसक्ने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ।

    प्राधिकरणको केन्द्रीय प्रणालीमा समस्या आई विधुत अवरुद्ध हुँदा जिल्ला अन्धकार हुन्छ। त्यसबेला स्थानीय स्तरका हाइड्रोपावरले सप्लाई दिएर जिल्ला झिलिमिलि पार्नुपर्ने हो तर, केन्द्रीय विधुत अवरुद्ध भएसँगै हाइड्रोपावरको मेशिन पनि बन्द हुन्छ र आफै विधुत उत्पादन गर्न सक्दैन।

    थ्री स्टार हाइड्रोपावरले ६.६ मेगावट, अपर रावाखोला हाइड्रोपावरले ३ मेगावट र मेवाखोला सानो हाइड्रोपावरले ९५६ किलोवाट विधुत उत्पादन गर्छ। तर, प्राधिकरणको विधुत गएसँगै हाइड्रोपावर पनि बस्छ।साप्सुखोलाको बेलडाँडामा निर्माण गरिएको थ्री स्टार हाइड्रोपावर।

    “तीनवटै हाइड्रोपावरको विधुत केन्द्रीय ग्रीडमा जोडिएको छ। केन्द्रको विधुत नआउँदा हाइड्रोपावरको विधुत जिल्लामा सप्लाइ दिन सकिन्थ्यो। तर, यी तीनवटै हाइड्रोपावर आइसोलेटेड मोडमा आफै सञ्चालन हुदैन। त्यसकारण जिल्ला अन्धकारमा बस्नुपर्छ।” प्राधिकरणले भन्यो।

    प्राधिकरणको विधुत सप्लाइ नपाउँदा पनि हाइड्रोपावर आफैले विधुत उत्पादन गर्ने प्रविधि किन नराख्नुभएको भनि प्रश्न गर्दा आफैले विधुत उत्पादन गर्नेे प्रविधि थ्री स्टार हाइड्रोपावरले राखेको थ्रीस्टार हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुमार खरेलले बताउनुभयो। ‘हामी आफैले विधुत उत्पादन गर्न सक्छौ तर, आधाघण्टा, एक घण्टाका लागि उत्पादन गर्दैनौ। दुई चारदिन नै विधुत गयो भने मात्रै चलाउँछ।’

    आवश्यक पर्दा विधुत उत्पादन नगर्ने तीनवटा हाइड्रोपावर नाम मात्रैको हाइड्रोपावर भएको जिल्लाका उधोगीहरु बताउँछन्। खोटाङमा लहानको जलजलेबाट उदयपुर हुँदै बुइपा सबस्टेश्नसम्म ३३ केभी प्रसारण लाइन ल्याइ सप्लाई दिईरहेको छ। लामो रुटका कारण बर्खायाम र हावाहारी चल्दा अत्याधिक प्राधिकरणको विधुत अवरुद्ध हुने गर्दछ। सोलुखुम्बुबाट बुइपा सबस्टेशनसम्म ३३ केभी प्रसारण लाइन ल्याइए पनि लामो रुटकै कारण पटक–पटक विधुत अवरुद्ध हुने समस्या छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology