• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा करेन्ट लाग्दा दुई घाईते

खोटाङमा करेन्ट लाग्दा दुई घाईते


समायोजन खबर
  • शुक्रबार, जेष्ठ ३१ २०८२

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा एकैदिन करेन्ट लागेर दुईजना घाइते भएका छन्।

    जेठ ३० गते ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका अन्दाजी ५३ वर्षीय रामेश्वर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका सन्तोष भुजेल घाईते भएका हुन्।

    महेश्वरीस्थित आफ्नै घरमा विधुतको तार निकाल्ने क्रममा राईलाई साँढे १ वजे अचानक करेन्ट लागेको थियो। उनको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा आफन्तको रोहवरमा उपचार भईरहेको प्रहरीले जनाएको छ। राईको अवस्था तत्काल बोल्न नसक्ने र गम्भीर रहेको प्रहरीले जनाएको छ।

    अर्का घाइते भुजेललाई केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर पोक्लुस्थित टेकमाइन्ड नेटवर्कको इन्टरनेट मर्मत गर्ने क्रममा अपरान्ह ३ वजे अचानक करेन्ट लागेको हो। नेटमा समस्या आएपछि भुजेल मर्मतका लागि सप्तेश्वर पुगेका थिए।

    घाइते भुजेललाई गाडीमार्फत उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइदै गरेको प्रहरीले जनाएको छ। उनको अवस्था बोल्न सक्ने र मध्यम रहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology