समायोजन खबर काठमाण्डौ,
ग्यास उद्योगीले कमिसन बढाउनुपर्ने माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएपछि नेपाल आयाल निगमले अनावश्यक ग्यास भण्डारण नगर्न आग्रह गरेको छ । निगमकले अनुसार मागअनुसार खाना पकाउने ग्यास आयात भइरहेकाले अनावश्यक भन्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ ।
पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता संघलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो । इन्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास ‘लोडिङ’ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनैपनि अभाव नरहेको जनाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार हालसम्म उद्योगीसँग ८ हजार मेट्रिकटन भारतबाट ग्यास ल्याउने कागजात (पीडीओ) रहेको छ । उक्त कागजातबाट ग्यास ल्याउने कार्य नियमित रहेको छ ।
२०७५ फागुन २० गते साँझ ८ :०४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology