समायोजन खबर काठमाण्डौ ,
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको पनि आइतबार अन्त्येष्टि गरिएको छ । हेलिकप्टर दुर्घटनामा गएको बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित ज्यान गुमाएका शेर्पाको आइतबार बौद्ध परम्परा अनुसार काठमाण्डौको टेकु दोभानमा अन्त्येष्टि गरिएको हो ।
पर्यटन व्यवसायीको रुपमा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा समेत परिचित हुनु भएका शेर्पाको अन्त्येष्टिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु पनि सहभागी भएका थिए । विमान चालकहरुको समेत उल्लेख्य सहभागिता रहेको शेर्पाको अन्त्यष्टिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति विजयकुमार गच्छदार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेशकुमार भट्टराईलगायत विभिन्न राजनीतिक दलका सांसदहरुको पनि सहभागिता रहेको थियो ।
नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष समेत रहनु भएका स्वर्गीय शेर्पाले नेपालको पर्यटन क्षेत्रको विकासमा अतुलनीय योगदान र्पुयाउनु भएको छ । शेर्पासँगै गएको बुधबार हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित अन्य ६ जनाको गएको शुक्रबार नै अन्त्येष्टि गरिएको थियो ।
२०७५ फागुन १९ गते दिउँसो ३ : ०१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology