• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गुराँस

गुराँस


समायोजन खबर
  • सोमबार, फाल्गुन १३ २०७५

  • खोटाङको नुनथलामा फुलेको गुराँस । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    पहाडी भेगमा राताम्मे भएर गुराँस फुल्न थालेको छ । गुुुराँस फुलेपछि जंगलनै रमणिय बनेको छ ।गुराँस टिप्न तथा फोटो खिच्न मानिसको चहलपहल सुरु हुन थालेको छ ।

     

    गुराँस नेपाल लगायतका देशहरूमा पाइने एक प्रकारको रूख हो । यो पतझड अर्थात् decidious वर्गमा पर्दछ । यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ । उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र/बैशाख महिनामा फूल्ने गर्दछ । लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । ३ हजार मीटर भन्दा माथिको उचाइमा सेतो गुराँस पाइन्छ । दुवै प्रकारका गुराँस औषधि मानिन्छन् । नेपालमा गुराँसको सर्वत बन्दछ ।

    खोटाङको नुनथलामा फुलेको गुराँस । तस्विर चिसाङ शेर्पा

    विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ । इलाम जिल्लाको मंगलबारे गाविसमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ । खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा लालि गुराँस खाँदा अड्किएको चीज निस्कन्छ । त्यसैले पनि यसलाई औषधि मानिन्छ । विश्वमा गुराँसका ३२ प्रजातिहरू पाइन्छन् । यसमध्ये नेपालको तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगम स्थलमा रहेको तीनजुरे/मिल्के/जल्जले क्षेत्रमा २८ प्राजातिका गुराँस पाईन्छ ।

    खोटाङको नुनथलामा फुलेको गुराँस । तस्विर चिसाङ शेर्पा

    २०७५ फागुन १३ गते बिहान ८ : १७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology