• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकारले राम्रा कामहरु गरिरहेको सञ्चारमन्त्री बास्कोटाको भनाइ

सरकारले राम्रा कामहरु गरिरहेको सञ्चारमन्त्री बास्कोटाको भनाइ


समायोजन खबर
  • सोमबार, माघ २८ २०७५

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ।

    समायोजन खबर काठमाण्डौ,
    सुचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले राम्रा कामहरु गरिरहेको भए पनि केही काम गर्न नसकेको भन्ने भ्रम फैलाउने काम भएको भन्दै गुनासो गर्नुभएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभामा मन्त्री बास्कोटाले मिडियाले सरकारका राम्रा कामहरु बारे नलेखेको गुनासो पनि गर्नुभयो ।

     

    मिडियाले पनि राम्रा काम देखाउँदैनन् खाली नकारात्मक काम मात्रै देखाउँछन् मन्त्री बास्कोटाले भन्नुभयो तर सरकार हल्लाको पछि नलागी आफ्नो गतिमा अघि बढेको छ । दुई तिहाई बहुमतको सरकारका कामबाट असन्तोष हुने अवस्था नरहेको भन्दै मन्त्री बास्कोटाले लोकतान्त्रिक प्रणालीमा सरकारले ड्याम, ड्याम काम गर्न भने नसक्ने बताउनुभयो । प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई इंगितगर्दै उहाँले कम्युनिस्ट नामसँग नतर्सिन आग्रह गर्नुभयो । मन्त्री बास्कोटाले लोकतन्त्र कसैको निजि सम्पति नरहेको बताउनुभयो । सत्ता गुमेको पीडामा लोकतन्त्र माथि खतरा भएको, प्रेस स्वतन्त्रता हनन गर्न लागेको जस्ता अनेक हल्ला चलाइएको मन्त्री बास्कोटाको भनाइ थियो ।
    २०७५ माघ २८ गते साँझ ७  : ३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology