समायोजन खबर खोटाङ,श्रम संस्कृति पार्टी प्रदेश नम्बर १ को तदर्थ कमिटी अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन्। खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका स्थानीयबासी राई खोटाङ जिल्लाको पार्टी अध्यक्ष पनि हुन्।
धरानम शुक्रबार सम्पन्न पार्टी तदर्थ कमिटी गठन कार्यक्रममा लोकतान्त्रिक पद्धतीबाट भारी मतसहित राई अध्यक्षमा चुनिएका हुन्।
९ जना अध्यक्षको आकाक्षीहरुलाई १३३ जना प्रतिनिधिहरुले मत दिंदा राईलाई ६७ मत प्राप्त भएको उक्त पार्टीका अगुवा श्रमदाता गणेश नाछिरीङ राईले जानकारी दिए। अध्यक्षमा निर्वाचित राईले निडर र प्रष्ट वक्ताको परिचय बनाईसकेका छन्।
कमिटीको उपाध्यक्षमा सुनसरीकी प्रतिभासेख अन्सारी, मोरङका दुर्गा पोखरेल, सुनसरीका एमके राई, इलामका राजेश दुलाल चुनिएका छन्। सचिवमा झापाका दीपक तिम्सिना, सहसचिवमा सुनसरीका नविन राई, भोजपुरका इन्दिरा राई, संखुवासभाका मनोज जिमी, कोषाध्यक्षमा पाँचथरका प्रमाण राई, सहकोषाध्यक्षमा सोलुखुम्बुका थोमस कुलुङ र प्रवक्तामा तेह्रथुमका अभिनास लिम्बु, सहप्रवक्तामा ताप्लेजुङका अमर लुहार र पाँचथरका हेम केलाङ चुनिएका छन्।
पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङको प्रमुख आतिथ्यमा १३३ सदस्यीय प्रदेश कमिटी चुनिएकोे हो। निर्वाचित पदाधिकारीलाई पार्टीका कैन्द्रीय अध्यक्ष साम्पाङले शपथ खुवाएका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology