• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वादविवाद प्रतियोगितामा नुरु शेर्पा प्रथम

वादविवाद प्रतियोगितामा नुरु शेर्पा प्रथम


समायोजन खबर
  • बुधबार, माघ २३ २०७५

  • समायोजन खबर काठमाडौ,
    हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले बार्षिक रुपमा ल्होछारको अवसरमा आयोजना गर्दै आएको श्याबु्र तथा साम्दे शेर्पा स्मृति वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत स्वाब्रु नृत्यतर्फ यम्बु ठमिछो शेर्पा किदुग र वादविवाद तर्फ नुरु शेर्पाले प्रथम स्थान हासिल गरेको छ ।

     

    त्यस्तै, स्वाब्रु नृत्यतर्फ शेर्पा किदुग संखुवासभा द्धितीय, पिके गेलेक द्यागेलिङ छोक्पा गोली तृतीय र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र बाह्रविसे परिवारले ‘पब्लिक च्वाइज’ स्थान हासिल गरेको केन्द्रका बरिष्ठ उपाध्यक्ष आङ डोमा शेर्पाले जानकारी दिइन् । त्यस्तै, वतृत्वकलातर्फ फुपु ल्हमु शेर्पा द्धितीय, पेम्वा र छिरिङ कार्साङ तृतीय र पासाङ ल्हमु शेर्पाले सान्त्वना स्थान हासिल गरे ।  स्वाब्रु तर्फका विजेताहरुलाई नगद ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे भने, वतृत्वकलातर्फ २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदका साथमा प्रमाण पत्र, ट्रफी प्राप्त गरेका छन् । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पुरस्कार प्रदान गरेको छ ।
    २०७५ माघ २३ गते राती ९ : ४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology