• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डीपीएल क्रिकेटको पुरस्कार राशी बढ्यो

डीपीएल क्रिकेटको पुरस्कार राशी बढ्यो


समायोजन खबर
  • बुधबार, माघ २३ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,
    शनिबारबाट धनगढीमा सुरु हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पुरस्कार राशी बढेको छ । आयोजक धनगढी क्रिकेट एकेडमील आज पत्रकार सम्मेलन गर्दै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता डीपीएलको पुरस्कार राशीमा २० प्रतिशतले बढाईएको जनाएको छ । डीपीएलको पुरस्कार राशीमा वृद्धि गरिएसँगै प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । अघिल्लो संस्करणको विजेताले २५ लाख प्राप्त गरेको थियो ।

     

    यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ठ खेलाडी सुनको जुत्ता, प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार रुपैंयाँ, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता माघ २६ देखि फागुन ११ गतेसम्म चल्नेछ । आईसीसीबाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।
    २०७५ माघ २३ गते साँझ ६ : २० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology