• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यस्ता छन् महिलासँग भुलेर पनि सोध्न नहुने ६ कुराहरु !

यस्ता छन् महिलासँग भुलेर पनि सोध्न नहुने ६ कुराहरु !


समायोजन खबर
  • बिहिबार, चैत्र ३ २०७३

  • महिला र पुरुषबीचको सम्बन्ध सदियौं देखि बहस र विवादको केन्द्रमा छ । महिलाले पुरुषलाई नबुझ्ने र पुरुषले महिलालाई नबुझ्ने गुनासो नयाँ कुरा होइन । तर महिलासँग राम्रो सम्बन्ध राख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने विज्ञहरुले बताएका छन् ।

    १. के म तिमीलाई चुम्बन गर्न सक्छु ?

    कहिल्यै पनि महिलालाई म चुम्बन गर्न सक्छु ? भनेर सोध्नु हुँदैन । महिलाले चुम्बनको लागि पनि सोध्ने पुरुष मन पराउँदैनन् । चुम्बन पनि सोधेर गर्ने केटा उनीहरलाई बच्चा जस्तो लाग्छ ।

    २. धन सम्पतिको धाक

    महिलाहरुले सम्पतिको धाक लगाउने र कुरा गर्दै गर्दै कार वा बाइकका विषय झिकेर रवाफ देखाउन खोज्ने पुरुषलाई मन पराउँदैनन् । उनीहरुलाई यस्ता कुरा भन्दा केटाको प्रस्तुती र आत्मविश्वाससँग बढी चासो हुन्छ । मेरो कार देख्या छ मेरो बाइक देख्या छ भनेर कहिल्यै पनि नसोध्नुस् ।

    ३. के गर्ने कसो गर्ने

    कुनै पनि स्त्रीसँग कतै घुम्न जानु भो वा बजारमा जानु भो भने कहिल्यै पनि के गर्ने कसो गर्ने भनेर नसोध्नुस् । अलिकति स्मार्ट बनेर यो गरौं त्यो गरौं भनेको महिलालाई मन पर्छ नकि सबै कुरा सोध्ने पुरुष ।

    ४. केटा साथीको बारेमा

    कुनै पनि स्त्रीलाई उसले संगत गर्ने केटाको विषयमा सोधेको सोध्यै नगर्नुस् । नकारात्मक टिप्पणी पनि नगर्नुस् । यसले स्त्रीलाई इर्श्या वा शंका गरेको अनुभव हुन्छ जुन् सम्बन्धका लागि घातक हुन्छ ।

    ५. कारण र स्पष्टिकरण

    यदि तपाइँकी स्त्रीले हिँजो तपाइँले पठाएको सन्देशको जवाफ दिइनन् भने त्यसलाई ठूलो विषय नबनाउनुस् । किन जवाफ नदिएको केहो भन्ने जस्ता प्रश्न गरेको स्त्रीहरुलाई मन पर्दैन । यसले तपाइँ उनीसँग सुरक्षित महसुस गर्नु हुन्न भन्ने समेत देखिन्छ ।

    ६. यौन पार्टनर

    कुनै पनि स्त्रीलाई कति जना पुरुषसँग यौन सम्बन्ध राखेको छ वा कति जनासँग राख्छौं भन्ने प्रश्न जीवनमा भूलेर पनि नसोध्नुस् । महिलाहरुले यस्तो प्रश्नको जवाफ त कहिल्यै पनि दिँदैनन् नै उनीहरुलाई मन पनि पर्दैन ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology