समायोजन खबर काठमाण्डौ,
ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको जनाएको छ । आज ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८’ सार्वजनिकगर्दै ट्रान्सपरेन्सीले आमनिर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक देखिएको जनाएको हो । १ सय ८० मुलुकलाई समेटेर गरिएको सर्वेक्षणमा नेपाल ३१ अंकप्राप्त गरी १ सय २४ औं स्थानमा छ ।
नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार–व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमाकमी, सूचनामानागरिकको पहुँचमाकमीभएको प्रतिवेदनमाउल्लेख छ । राजनीतिमा भ्रष्टाचारजस्ता दीर्घकालीन समस्याविद्यमान रहेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनले गतवर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणामा सुधार नभएको देखिएको जनाएको छ ।

सूचकांकमा डेनमार्कले कुल १०० मा ८८ अंकप्राप्त गरी सबैभन्दाकम भ्रष्टाचार हुने मुलुकभएको छ भने सोमालिया १० अंकप्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत छ ।
२०७५ माघ १५ गते राती ८ : ५० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology