• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालसँग भारतको सिक्किम राज्यबाट छुटिएको ‘भुटान’

नेपालसँग भारतको सिक्किम राज्यबाट छुटिएको ‘भुटान’

ड्रयागनको देश


समायोजन खबर
  • मंगलबार, माघ १५ २०७५

  • थिम्पु बजार

    समायोजन खबर खोटाङ,
    भुटान दक्षिण एसियामा अवस्थित एउटा सानो देश हो । यसको दक्षिण, पूर्व र पश्चिम पट्टी भारत र उत्तर तर्फ गणतन्त्र चीनको तिब्बतसँग सिमा जोडिएको छ । भुटान नेपालसँग भारतको सिक्किम राज्यबाट छुटिएको छ । भूटानको दक्षिणमा भारत छ र उत्तरमा चीन श्वसासित राज्य तिब्बत । भूटानीहरूले भूटानलाई स्थानीय नाम འབྲུག་ཡུལ། ड्रुग युल अर्थात ड्रयागनको देश भन्छन् । यो देश मुख्यतः पहाडी छ र मात्रै दक्षिणी भागमा थोरै समतल भूमि छ । सांस्कृतिक र धार्मिक रूपमा भुटान तिब्बत र नेपालको सांस्कृति सित जोडिएको छ । भुटान सन् १६४४ मा वर्तमान राजाका पुर्खा शब्ड्रुङ ङगवाङ नामग्यालले स्थापना गरेका थिए । भूटानको आधिकारिक भाषा जोङखा हो तर यहाँ अरु पनि धेरै भाषाहरू बोलिन्छन् । भुटानमा नेपालीभाषीहरूको पनि बाहुल्यता रहेको छ, त्यसैले यहाँ जोङखाका साथै नेपाली भाषा पनि ब्यापक रूपमा बोलिन्छ ।

     

    १७ औ शताब्दीको अंतमा भूटानले बौद्ध धर्मलाई अङ्गीकार गर्यो । सन् १८६५ मा ब्रिटेन र भुटान बीच सिनचुलु सन्धिमा हस्ताक्षर भयो, जसमा भूटानले सीमावर्ती केही भूभागको बदलामा केही वार्षिक अनुदानको लागि करार गर्यो । ब्रिटिश प्रभावमै १९०७ मा त्यहाँ राजतन्त्रको स्थापना भयो । तीन बर्ष पछि एउटा अझै समझौता भयो, जस अनुसार ब्रिटिश यस कुरामा राजी भए कि उनी भूटानको आंतरिक मामिलामा हस्तक्षेप गर्दैन तर भूटानको विदेश नीति इङ्गल्याण्ड द्वारा तय गरिन्छ । पछि सन् १९४७ उपरांत यही भूमिका भारतले पायो । दुई साल पछि सन् १९४९ मा भारत भुटान समझौता अनुसार भारतले भूटानको त्यो सबै जमीन उसलाई फर्काई दियो जुन अङ्ग्रेजहरूको अधीन थियो । यस समझौता अनुसार भारतको भूटानको विदेश नीति एवं रक्षा नीतिमा धेरै महत्वपूर्ण भूमिका दिइयो ।

    भूटानमा हिमालयको अग्लो पर्वतमालाले घेरियेको ग्लेशियर

    राजनीति

    भूटानका राष्ट्रप्रमुख राजा हुन र उनलाई स्थानीय भाषामा द्रुक ग्यालपो भनिन्छ । यहाँ सन् २००६ देखि जिग्मे सिङगे वाङचुकका छोरा जिग्मे खेसर नामग्याल वाङचुक राजा(द्रुक ग्यालपो)का रूपमा राज्य गरिरहेका छन् । यो पद पुस्तनि नै हो तर भूटानको संसद शोगडूले दुई तिहाई बहुमतद्वारा हटाउन वा परिवर्तन् गर्न सकिने प्रावधान् छ । शोगडूमा १५४ सीट हुन्छन्, जसमा १०५ स्थानीय प्रतिनिधि, १२ धार्मिक प्रतिनिधि र ३७ राजाले छानेका प्रतिनिधि रहन्छन्. ती सबैको कार्यकाल तीन वर्षको हुन्छ । राजाले नै मंत्रिपरिषदका सदस्यहरूको छनौट गर्छन र तिनिहरूको कार्यकाल ५ बर्षको हुन्छ । भूटानमा संविधान जारी भएको मिति जुलाई १८, २००८ हो । यस अनुसार कार्यकारी अंगमा राज्य प्रमुखमा राजा जिग्मे खेसर नामग्याल वाङचुक (डेसम्बर १४, २००६ देखि, नोबेम्बर ६ २००८ मा राज्यभिषेक), सरकार प्रमुखस् प्रधानमन्त्री जिग्मे थिन्ले (अप्रिल ९, २००८ देखि), मन्त्रि परिषदस् ल्येन्गे सुन्छोग – राजाबाट मनोनित एवं राष्ट्रिय सभाबाट अनिमोदित र पाँच वर्षे अवधिका लागि काम गर्ने छन् । यहाँ पहिलो चुनाव मार्च २००८ मा सम्पन्न भएको हो ।

    थिम्पु बजार

    व्यवस्थापकीय अंगमा दुई सदनात्मक ब्यबस्था छ । माथिल्लो सदन राष्ट्रिय परिषद गैर राजनीतिक (२५ सदस्यीय – २० जिल्लाबाट एक(एक जना गरी २० जना र ५ जना राजाबाट मनोनित), चार वर्षे अवधिस तल्लो सदन राष्ट्रिय सभा (४७ सदसीय, पाँच वर्षका लागि प्रतक्ष निर्वा्चित) हुने गर्छन । पछिल्लो पटक राष्ट्रिय परिषदको निर्वाचन डेसम्बर ३१, २००७ र जनवरी २९, २००८ मा सम्पन्न भएको हो भने राष्ट्रिय सभाको निर्वाचन मार्च २४, २००८ मा सम्पन्न भएको थियो ।

    अर्थतन्त्र

    विश्वको सबैभन्दा सानो अर्थव्यवस्थाहरूमाझ एक भूटानको आर्थिक ढाँचा मुख्य रूपमा कृषि र वन क्षेत्रहरू र त्यहाँ निर्मित जल बिद्युतलाई भारतको विक्रयमा निर्भर छ । यस्तो मानिन्छ कि यही तीन वस्तुबाट भूटानको सरकारले ७५५ कमाई गर्दछ । कृषि जुन यहाँको मानिसहरूको आधार हो त्यसमा ९०५ भन्दा बढि मानिसहरू निर्भर छन् । औद्योगिक उत्पादन लगभग नगण्य मात्रामा रहेको छ नाम मात्रको उद्योगहरू कुटीर उद्योगको श्रेणीमा पर्छ । भूटानमा जल बिद्युत र पर्यटनको क्षेत्रमा असीमित सम्भावनाहरू छन् ।

    जीवनशैली

    भूटानको जनसङ्ख्या करिब ६ लाख ७२ हजार छ । भूटानको लगभग आधा मानिसहरू भूटानको आदीवासी हुन, जसलाई गांलोप भनिन्छ र तिब्बतको केही जातीहरूसँग यीनीहरूको निकटको सम्बन्ध छ । यस वाहेक अन्य जातीहरूमा नेपाली छन् र यीनीहरूको सम्बन्ध नेपालसँग छ । त्यस वाहेक शरछोगपा र ल्होछामपा जातीहरू छन् । यहाँको आधिकारिक भाषा जोङखा हो, यीनीहरूको साथसाथै यहाँ थुप्रै अन्य भाषाहरू बोलिन्छ, जसमा केही त बिलिन हुने अबस्थामा छन् । भूटानमा आधिकारिक धर्म बौद्ध धर्मको महायान शाखा छ, जसको अनुसरण देशको लगभग तीन चौथाई जनताले गर्दछन ।भूटानको २५ प्रतिशत जनसंख्या हिन्दू धर्मको अनुयायी छन् । भूटानको हिंदू धर्मी नेपाली मूलका मानिसहरू हुन्, जसलाई ल्होछामपा पनि भनिन्छ । करिव एक लाख ल्होछामपालाई सन् १९८९ मा देशबाट निकालिएको (भुटानी सरकारका अनुसार कतिपय स्वेच्छाले) थियो । पूर्वी नेपालमा एक लाख जनता र भारतमा ३० हजार जति शरणार्थीका रूपमा बसिरहेका छन् । उनिहरूले शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्चायुक्त र नेपाल सरकारबाट केही राहत र सहयोग् पाउछन् । भूटानी शरणार्थीको पुनर्वास कार्यक्रम अर्न्तर्गत हालसम्म ४० हजार शरणार्थी पुनर्वासका लागि विदेश प्रस्थान गरिसकेका छन् । संयुक्त राज्य अमेरिकाले हालसम्म ३४ हजार १२९ शरणार्थीलाई पुनर्वासमा लिइसकेको छ ।

    संस्कृति

    भुटान विश्वको ती केही देशहरूमा पर्दछ, जसले आफुलाई शेष विश्वबाट अलग राख्दै आईरहेको छ र आज पनि केही हदसम्म यहाँ विदेशीहरूको प्रवेश नियंत्रित छ ।

    बुद्ध प्वाइन्ट

    देशको धेरै जसो मानिसहरू साना ग्रामिण क्षेत्रमा बस्छन र उनीहरू कृषिमा निर्भर छन् । बिस्तारै(बिस्तारै शहरीकरणले देशमा गती लिइरहेको छ । बौद्ध विचार यहाँको जीवनको महत्वपूर्ण भाग हो । तीर धनुष खेल यहाँको राष्ट्रिय खेल हो । विकिपिडियाको सहयोगमा
    २०७५ माघ १५ बिहान ८ : ५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology