समायोजन खबर काठमाण्डौ,
सरकारले करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ । गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट शुक्रबारबाट खुला भएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरी जग्गाको कित्ताकाट खुला गरिएको जानकारी दिनुभयो ।
घरव्यवहार नै रोकिएको भन्ने जनगुनासो आएपछि पुरानो निर्णयमा पुनर्विचार गरिएको उहाँको भनाइ छ । मन्त्री अर्यालले कृषि योग्य जमिनको हकमा भने कित्ताकाट गर्न नपाइने बताउनुभयो । खेतियोग्य जमिन भए नभएको सुनिश्चित स्थानीय तहले गर्नेछन् । त्यसका लागि स्थानीय तहमा प्राविधिक जनशक्ति पठाइने मन्त्री अर्यालको भनाइ छ । कित्ताकाट खुला गर्ने निर्णय अस्थायी भएको सरकारको भनाइ छ । मन्त्री अर्यालले मापदण्ड विपरित कित्ताकाट गर्नेलाई भने कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
२०७५ पुस २७ गते साँझ ७ : २६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology